विद्यालय जाँदै गरेकी ६ वर्षकी बालिकालाई मोटरसाइकलले ठक्कर दियो, घटनास्थलमै निधन

0
57

काठमाडौ । विद्यालय जान भन्दै हिडेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा निधन भएको छ । धनुषामा मोटरसाइकलको ठक्करबाट विद्यालय जाँदै गरेकी ६ वर्षीया बालिकाको निधन भएको हो ।

धनुषाको बटेश्वर गाउँपालिका २ भुचक्रपुर बस्ने बिष्णुदेव ठाकुरकी ६ वर्षीया छोरी आरती ठाकुरको निधन भएको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब साढे १० बजे धनुषाको बटेश्वर गाउँपालिका–४ बटेश्वर बजार नजिक महाबीर बोडिंग स्कुल जाँदै गरेकी बालिका विद्यालय पुग्न नपाई वाटोमै अस्ताइन् । उनलाई ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै निधन भएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालक श्रीप्रसाद ठाकुरलाई बटेश्वर प्रहरीचौकीले नियन्त्रणमा लिएको छ। बालिकालाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीचोकी बटेश्वरले जनाएको छ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here