बुवाको कि’रिया बसेको बेला पनि यी बिद्यार्थी कक्षा १२ को परीक्षामा सामेल भए

0
83

तस्वीरमा देखिएका ब्यक्ति आभाष पाण्डे हुन् । उनी बुवाको किरिया बसिरहेका छन् । यसैबिच कक्षा १२ को परीक्षा आयो । उनले किरिया बसेकै अवस्थामा परीक्षामा सहभागी हुने निर्णय गरे । उनको निर्णयको सबैतिरबाट तारीफ भै रहेको छ ।आभाषको घर मोरङ जिल्लाको बेलबारी ९ पोखरीया घर हो । उनी मेरिल्याण्ड कलेज बिराटनगरका कक्षा १२ का नियमित समूहका विद्यार्थी थिए । अहिले आभाष पाण्डेले श्री काली माध्यमिक विद्यालय बेलबारी ९ डाँगीहाट मोरङबाट परीक्षा दिइरहेका छन् ।उनलाई छुट्टै परिक्षा हलमा परिक्षा दिने व्यवस्था मिलाईएको प्रधानध्यापक नारायण कोइरालाले जानकारी दिए । कोइरालाले यथासम्भव सबै बिद्यार्थीलाई परीक्षामा सहभागी गराइएको समेत बताए ।

कोभिडका बीच मंगलबार देखि देशैभर कक्षा १२ को परीक्षा सुरु भएको छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा कोरोना फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको हो ।परीक्षाका बेला स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्दै रोग फैलनबाट जोगिएर परिक्षा शुरु गरिएको मोरङ बेलबारी ९ स्थीत श्री काली माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण कोइरालाले बताए । तस्वीर सामाजिक सञ्जाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here