थपिए ५ सय ३५ नयाँ सं’क्रमित, सं’क्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  

८ असार, काठमाडौं । सोमबार थप ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो । हालसम्म २ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन् ।तेसै गरि र्जिल्ला अदालत काठमाडौंले अदालतमा उपस्थित हुँदा कोरोनाको पिसिआर रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने आदेश गरेको छ ।

सोमबार अदालतका न्यायाधीश श्रीकृष्ण उप्रेतीको इजलासले अदालतमा उपस्थित गराइने प्रतिवादीलगायत अन्यको कोरोना भाइरस परीक्षण गरेको पिसिआरको मिसिल समेत समावेश गर्नुपर्ने आदेश जारी गरेको हो ।

साथै प्रतिवादीहरुलाई हिरासत कक्षबाट अदालत ल्याउँदा लैजाँदा खटिएका सुरक्षाकर्मी अन्यन्तै निकट रहेर काम गर्नुपर्ने भएकाले उनीहरूको समेत पिसिआर जाँच अनिवार्य भएको आदेशमा उल्लेख गरिएको छ । विद्युतीय कारोबारको आरोपमा अदालत उपस्थित गराइएका एकराम राईको मुद्दाको सुनुवाईको क्रममा अदालतले यस्तो आदेश जारी गरेको हो ।

अदालतमा उपस्थित हुने सेवाग्राही, प्रतिवादीहरु, सुरुक्षाकर्मीहरु, सरकारी वकिल एव कानून व्यवसायीहरु र अदालतमा कार्यरत जनशक्तिले समेत कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्नुपर्ने आदेश जारी गरेको हो । पिसिआर रिपोर्टमा कोरोना नदेखिएको अवस्थामा मात्रै अदालतमा उपस्थित हुन पाइने अदालतको आदेशमा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *