दुबईले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

0
26

८ असार, दुबइ ।
दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरूका लागि आगमन खुला गर्ने जनाएको छ । दुबइको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।

त्यसैगरी दुबई पुगेपछि पनि विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरूले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ । दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम बनाएको पनि सो पत्रिकाले जनाएको छ ।त्यस्तै आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको बताइएको छ । त्यस्तै जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो । यसरी भित्रिने विदेशीहरूले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पीसीआर गराइने छ ।

यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरूले यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालना गर्नुपर्ने नियम पनि बनाएको समाचारमा जनाइएको छ र सोमबार थप ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो । हालसम्म २ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन् ।तेसै गरि र्जिल्ला अदालत काठमाडौंले अदालतमा उपस्थित हुँदा कोरोनाको पिसिआर रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्ने आदेश गरेको छ ।

सोमबार अदालतका न्यायाधीश श्रीकृष्ण उप्रेतीको इजलासले अदालतमा उपस्थित गराइने प्रतिवादीलगायत अन्यको कोरोना भाइरस परीक्षण गरेको पिसिआरको मिसिल समेत समावेश गर्नुपर्ने आदेश जारी गरेको हो ।

साथै प्रतिवादीहरुलाई हिरासत कक्षबाट अदालत ल्याउँदा लैजाँदा खटिएका सुरक्षाकर्मी अन्यन्तै निकट रहेर काम गर्नुपर्ने भएकाले उनीहरूको समेत पिसिआर जाँच अनिवार्य भएको आदेशमा उल्लेख गरिएको छ । विद्युतीय कारोबारको आरोपमा अदालत उपस्थित गराइएका एकराम राईको मुद्दाको सुनुवाईको क्रममा अदालतले यस्तो आदेश जारी गरेको हो ।

अदालतमा उपस्थित हुने सेवाग्राही, प्रतिवादीहरु, सुरुक्षाकर्मीहरु, सरकारी वकिल एव कानून व्यवसायीहरु र अदालतमा कार्यरत जनशक्तिले समेत कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण गर्नुपर्ने आदेश जारी गरेको हो । पिसिआर रिपोर्टमा कोरोना नदेखिएको अवस्थामा मात्रै अदालतमा उपस्थित हुन पाइने अदालतको आदेशमा उल्लेख गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here