कोरोना सङ्क्रमण भएका महिलाले स्तनपान गराउँदा बच्चालाई केही असर नगर्ने

  •  
  •  
  •  
  •  
  •  
  •  

कोभिड– १९ को सङ्क्रमण भएका महिलाले बच्चालाई स्तनपान गराउन सक्नेछन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा बच्चालाई स्तनपान गराउँदा कोभिड– १९ नसर्ने भएकाले कोभिड– १९ भएका महिलाले पनि स्तनपान गराउनसक्ने बताए ।

“कोभिड भएको महिलालाई स्तनपानमा कुनै समस्या देखिएको छैन, कुनै पनि कारणले बच्चालाई स्तनपान गरायो भने बच्चामा कोभिड– १९ सर्दैन भन्ने अनुसन्धानबाट आएको छ”, उनले भने, “त्यही भएर कोभिड भएको महिलाले पनि आफ्नो बच्चालाई आरामले गराउन सक्नेछन् ।”

उनले कोभिडसँग डराएर गर्भवती महिला नियमित स्वास्थ्य परीक्षण नगराएको भन्दै कोभिडसँग नडाई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्न आग्रह गरिन् । उनका अनुसार गर्भवती महिलाले तीन, छ, आठ र नौ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।

अस्पतालका निर्देशक डा मिश्रले बन्दाबन्दी कारण संस्थागत प्रसूति गराउने महिला घटेको समेत बताउनुभयो । उहाँले गर्भवती महिलालाई रक्तश्राव, पेट दुख्ने, बच्चा नचलेको, नियमित परीक्षण गर्नुपर्ने भन्दै उच्च रक्तचाप भएका बेलामा आखा धमिलो देख्नु, पेट दुखेमा तुरुन्त अस्पताल जान पनि सुझाव दिनुभयो । यसबाहेक १०४ डिग्रीभन्दा बढी ज्वरो आएकामा श्वासप्रश्वासमा समस्या भएमा पनि अस्पताल जानुपर्दछ ।

प्रसूति अस्पतालले के गर्दैछ ?

उनले प्रसूति अस्पतालले कुनै पनि महिला अस्पतालमा आए उनीहरुलाई सेवा दिइरहेको बताइन् । “कोभिड १९ छैन भने उनीहरुलाई नियमित सेवा दिने र कोभिड भए छुट्टै राखेर सेवा दिएका छौँ”, “हामीले हेल्पडेस्क स्थापना गरेर पनि सेवा दिइरहेका छौँ ।”

अस्पतालले बहिरंग सेवा, शल्यक्रिया, परिवार नियोजन सेवा नियमित दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *