भारतलेले ना’काबन्दी लगाउँनै खोज्दा, चिनले दियो यस्तो खुशीको खुशिको खबर !

0
10
?????????????????????????????????????????????????????????

काठमाडौ । चिनबाट नेपालीका लागी खुशीको खबर आएको छ पछिल्लो समय नेपाल भारत सम्बन्धमा दरार आइरहेको बेला कतिपयले इण्डीयाले नेपाल माथी आर्थिक नाकाबन्दी लगाउँन सक्ने आँकलन गरिरहेका छन् यसै बेला रसुवागढी ९केरुङ० नाका खोल्न चीन सहमत भएको छ चीनले रसुवागढी नाका बाट हुने आयातलाई सुचारु गर्ने विषयमा सहमति दिएको अर्थ मन्त्रालयका सहसचिव तथा द्विपक्षीय व्यापार महाशाखाका प्रमुख नवराज ढकालले जानकारी दिए ।‘नाका खोल्ने विषयमा उहाँहरुबाट सहमति प्राप्त भयो । अब दुवै देशका स्थानीय निकायहरु बसेर कसरी त्यसलाई खुला गर्ने भन्ने विषयमा छलफल गर्छन् । त्यो छलफल टुंगिएपछि कारोबार सुचारु हुन्छ’ सहसचिव ढकालले भने ।त्यो प्रक्रियालाई छिटो टुंग्याएर आयात निर्यातलाई सुचारु गर्न चाहे पनि चीनको तर्फबाट केही प्रक्रिया पूरा हुन बाँकी रहेकोले यसलाई पर्खेर बसेको समेत उनले बताए ।‘हामी तयार भएर बसेका छौं,उहाँहरुको तर्फबाट तयारी सकिएपछि वार्तामा बस्छौं र टुंगो लाग्छ ।

अहिले कोभिडको कारणले हुनसक्ने स्वास्थ्य जोखिम कम गरेर कसरी आयातनिर्यात गर्ने भन्ने विषयमा छलफल हुने हो’ ढकालले भने ।केरुङ नाका खुल्ने भएपछि अहिले व्यापारीहरु उत्साहित भएका छन् । उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान

ल्याउने तयारीमा जुटेका छन् । अहिले सो नाकाबाट नेपाल भित्रिनतयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवालले बताए ।‘नाका खोल्ने कुरामा हामी उत्साहित छौं । यो नाका खुल्यो भने रहेको ८ सय देखि एक हजार कन्टेनर सामान आउने बाटो खुल्छ । त्यहाँ प्राय जाडोका सामानहरु छन् । यसले दशैंको मागलाई धान्नसक्छ’ अध्यक्ष कटुवालले भने ।चीनले यसअघि पनि केरुङ नाका खोल्न सहमति दिएको थियो । तर त्योबेला रसुवाका स्थानीय जनप्रतिनिधिले अ’वरोध गरेपछि रोकिएको नाका फेरि खुल्न सकेको थिएन । तातोपानी नाकाबाट भने अहिले आयात निर्यात नियमित रुपमा भइरहेको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here