अभिनेत्री मनिषा कोइरालाले विदेशी वुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने सरकारको निर्णयलाइ समर्थन गर्दै गरिन स्वागत !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। अंगिकृत नागरिकताका विषयमा चलिरहेको वहसबीच अभिनेत्री मनिषा कोइरालाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छन् । केही समय यता अभिनेत्री मनिषाले नेपालको राजनीतिक विषयमा पनि आफ्नो अभिब्यक्ति सार्वजनिक गर्न थालेकी छन् । राजनीतिक परिवारको सदस्य मनिषा यस अघि राजनीतिक विषयमा त्यती बोल्ने ब्यक्ति होइनन् ।

तर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भने उनले टिप्पणी सार्वजनिक गर्न लागेकी छन् । हालै अंगिकृत नागरिकका विषयमा सरकारले गरेको निर्णयको मनिषाले स्वागत गरेकी छन् । विदेशी वुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने नागरिकता समबन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । तर त्यस अघि अन्य अधिकारका लागि भने रोकेको छैन ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकतासम्बन्धी विधेयक संसदवाट पनि पारित भएको हो । तर नेपाली कांग्रेस र मधेसवादी दलले भने त्यसको विरोध जनाएका छन् । उनीहरुले यस अघि राखिएकै नागरिकता सम्बन्धी विधेयक ठिक रहेको बताउँदै आएका छन् । यस अघि नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले चाहेकै समयमा नेपाली नागरिकता पाउने ब्यवस्था थियो ।

भारतद्धारा अतिक्रमित भूमी समेटेर नयाँ नक्सा जारी गरेपछि गरेको एउटा ट्वीटका कारण भारतमा निकै हंगामा भएको थियो । उनलाई नेपाली नागरिकले भने निकै साथ र समर्थन दिएका थिए । भारतीय भूमी समेटेर निकालिएको नयाँ नक्साको विषयमा समर्थन जनाउँदै भारतीयको निकै आलोचना खेपेकी मनिषाले अंगिकृत नागरिकताका विषयमा पनि ७ वर्ष पछि मात्र अंगिकृत नागरिकता दिनुपर्ने ट्वीट मार्फत त्यसको समर्थन गरेकी हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा एक स्टाटस लेख्दै नागरिकतासम्बन्धी विधेयकको स्वागत गर्दै समर्थन गरेकी हुन् । संसदीय समितिले आइतबार नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय पारित गरेको थियो।मनिषाले ट्वीट गर्दै यस्तो भनेकी छन्, ‘मेरो हृदयदेखिको अनुरोध छ, कृपया आक्रोशित र अरुप्रति अपमानजनक नहुनुहोस् । हामी दुबै देश यस्तो अवस्थाबाट गुज्रिरहेका छौं र हाम्रा सरकारहरुले यी समस्या अवस्य समाधान गर्नेछन् । यस्तो अवस्थामा हामीले सम्यमता अपनाऔं, म धेरै आशावादी छु ।’ उनले भारतमा रहदा कालापानी र लिपुलेकसहितको नेपालको नयाँ नक्साको सर्मथनमा निडर अभिब्यक्ति दिएकी थिइन् । उनको निडर अभिब्यक्तिले भारतिय मिडियामा हलचल नै मच्चिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *