१२ कक्षा मात्र पास गरेका करोडौंको मालिक आमिरको सबैलाई चकित पार्ने १० रोचक तथ्य

0
31

0
Shares
बलिउड फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय नायकको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानलाई मिस्टर पर्फेक्ट्निस्टको नामले पनि चिनिन्छन् । आमिर आफैमा अभिनेता, निर्देशक, पटकथा लेखक, गायक र प्रोडक्सन संस्थापक पनि हुन् । आमिरका बाहिर नआएका केही रोचक तथ्य यस्ता छन् । १२ कक्षासम्मको अध्ययन गरेका खानले बलिउडमा भने राम्रो छाप छाडेका छन् ।१. आमिरले फिल्मी क्षेत्रमा पाइला टेकेपछि २० वर्षको उमेरमा पहिलो पटक अनस्क्रिन किसिङ सिन दिएका थिए । सन् १९८४ मा फिल्म होलीको लागी उनले उक्त दृश्य दिएका थिए । जुन दृश्य एकदमै भद्दा देखिन्थ्यो ।

२. आमिरले मागअनुसार तिन हप्तामै १३ किलो तौल घटाएर सबैलाई चकित पारेका थिए । उनी आफ्नो तौल शुटिङको क्रममा ९५ केजी बाट ८२ केजी तौलमा झार्न सफल भएका थिए । यसको रोचक कारण भने उनले गरेको काम, सुत्ने र खाने समय तालीका रहेको बताएका थिए ।

३. आमिरलाई सामाजिक कार्यमा रुचि राख्छन् । आमिर दयालु कलाकारको सुचिमा पर्छन् भने केहि समयअघि उनले प्रोजेरिया नामक रोगबाट पिडित निहाल विट्लालाई भेटि उपचारमा सघाएका थिए । त्यसपछि उनले सामाजिक सञ्जाल फेसवुकमा टिम निहाल नामक फेसवुक पेज समेत बनाए । हाल उक्त पेजमा रोगले ग्रसित अन्य व्यक्ति पनि सामेल छन् ।

४. आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालीकासंग समेत खासै घुलमिल हुदैनथे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटा भन्दा केटी साथिसंग बढी घुलमिल हुन्थे ।

५. सन् २००१ मा भएको अक्षय कुमार र ट्विंकल खन्नाको विवाहमा आमिर भिडियोग्राफर बनेका थिए । आमिर र ट्विंकल दुवैले सन् २००० मा फिल्म मेलामा संगै अभिनय गरेका थिए ।

६. टिभि कार्यक्रम ‘बडे अच्छे लग्ते हे’ बाट चर्चा कमाएकी साक्षि तन्वार फिल्म दंगलमा आमिरको अनस्क्रिन पत्नि बनेकी छिन् ।

७. खबरका अनुसार बहुचर्चित हलिउड अभिनेत्री एम्मा वाट्सनले बनाउन लागेको बलिउड वायोपिकमा आमिर क्राईम रिपोर्टर बन्नेछन् । तर एम्मा र आमिर दुवै संगै देखा पर्ने छैनन् ।

८. सानोमा आमिरलाई रिना नामकी युवतीले मन पराउथिन् र दुवैले कसैलाई जानकारी नदिकन लुकेर विवाह गरेका थिए । विहेको १५ वर्षपछि उनले तलाक दिदै सम्बन्ध विच्छेद गरेका थिए । त्यसपछि उनले दोस्रो विवाह किरण रावसंग गरे ।

९. अमिरलाई चेस र टेनिस खेल एकदमै मन पर्छ । आफु फिट रहनको लागी भने ब्याडमिन्टन् खेल्ने गर्छन् ।

१०. आमिर काम गरिरहेको बेलामा कहिल्यै घडि हेर्दैनन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here