बाख्रा जस्तै चितुवा डोर्याउँदै हिडेको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो हेर्नुस्)

0
29

काठमाडौं । सामाजिक सञ्जालमा सडकमा एउटा चितुवालाई डोर्याउँदै गरेको भिडियो भाइरल भइरहेको छ । सुरक्षाकर्मी र स्थानियको भिडबीच एउटा चितुवालाई बाख्रालाई जस्तो डोर्याएर हिडेको देखिन्छ । अचम्म लाग्दो यो भिडियो सार्वजनिक भएसंगै भाइरल भएको छ ।

चितुवालाई एक जना प्रहरीले समातेको देखिन्छ भने स्थानिय पनि संगसंगै हिडेको देखिन्छ । स्थानियहरु सेल्फी पनि खिचिरहेका छन् । त्यती धेरै मानिसको भिडमा पनि चितुवा आनन्दले हिडेको देखिन्छ । घरपालुवा जनावर जस्तै मानिससंग संगै डोरिएर हिडेको छ । यी क्रियाकलापहरु कैद भएको भिडियो फेसबुक, ट्वीटर, युट्युबलगायत सबैतिर चर्चाको केन्द्रमा छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो अनुसार यो घटना पर्वतकोहो । पर्वतको जलजला गाउँपालिका ७ स्थित लामागरामा सोमवार साँझ चितुवा देखिएको थियो । जंगल घाँस दाउरा गर्न गएका स्थानियले चितुवा देखेका थिए । प्रहरीलाई खबर गरेपछि जनप्रतिनिधि सहितको टोली पुग्यो । प्रहरीले चितुवालाई लामागराबाट बाख्राजस्तै डोर्‍याएर हिँडाउँदै मिलनचोकस्थित प्रहरी चौकी पुर्‍याए।

सदरमुकाम कुश्माबाट सहायक वन अधिकृत रविआनन्द गोपालीको टिम गाडी लिएर मिलनचोक पुगेपछि मात्र चितुवालाई गाडीमा हालिएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार लामागराबाट हिँडाएर चितुवालाई ३ किलोमिटर परको मिलनचोक प्रहरी चौकी लगिएको थियो । सार्वजनिक भएको भिडियो त्यतीबेलाकै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here