अस्ट्रेलियामा रहेका १०८ भन्दा बढी संघ संस्थाहरु छन जनता माथि भएको अन्याय र अत्याचार बिरुद्ध बोल्नु पर्दैन ?- सुवान चौलागाईं

  •  
  •  
  •  
  •  
  •  
  •  

दलाल नोकरशाही पूँजीवाद र सामन्तबादका मतियारहरु बिरुद्ध आवाज बुलंद बनाउ भन्दै सुवान चौलागाईं लेख्छन :- अस्ट्रेलिया मा १०८ भन्दा बढी संघ संस्था हरु छन जनता माथि भएको अन्याय र अत्याचार बिरुद्ध बोल्नु पर्दैन ? हामीले के र कसका लागि संस्था खोलेका छौ ? पार्टी को भात्री संगठन बिदेस मा समेत किन र कसका लागि खोलेको ? बढी उठाएको पैसा कहाँ जान्छ राज्य को कोष मा कि ब्यापारिको खल्तिमा ? कसैलाई जसरी पनि जानु छ त्यसैले जती पनि तिर्छु भन्छ भन्दैमा जती पनि लीइदिने ?

जब एक पछी अर्को पीडित माथि शोषण गर्ने को विरुद्ध कहिले सम्म चुप रहने ? दुइ तर्फी को भाडा लिने हो भनेपनी एउटा यात्री बाट कम्तिमा $१००० बढी लीइएको छ २५० जना बाट $२, ५० ,००० एउटा प्लेन बाटनै बडी लीइएको छ ४ वटा प्लेन बाट लगियो भने $10,00,000 दस करोड नेपाली रुपैया कसका लागि उथाइदैछ हिसाब चाइयो ? दलाल नोकरशाही पूँजीवाद र सामन्तबाद का मतियार हरुले ले कसरी जनताको रगत र पसिना चुसिरहन्छन भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।

फेरी चुनावको लागि जनताको लागि रक्सी र मासुको जोगाड हुँदैछ तयार रहनु होला र फेरी उनै दलाल नोकरशाही पूँजीवाद र सामन्तबाद का मतियारहरु लाई भोट् हालेर अर्को ५ बर्ष सम्म को लागि यसैगरी शोषित रहन तयार रहनु होला । जनता अब त आँखा खोल ! तिम्रा लागि लडिदिन्छु भन्ने हरुले नै तिमीलाई बार बार लडाईं रहेकाछन । अब आफ्नो लागि आँफै आवाज उठाउ भन्दै नेपाली समाज अस्ट्रेलिया लाई आवाज उठाएको मा धन्यवाद l

जय मातृभूमी
सुवान चौलागाईं
अस्ट्रेलिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *