ओलीले भन्दैमा एमसीसी पारित हुँदैन :नेता खनाल

0
6
SUNDAR SHRESTHA PHOTOJOURNALIST

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन विना पारित नहुने बताउनुभएको छ ।

पार्टीले एमसीसीको बारेमा अध्ययन अनुसन्धान गरेर संशोधन गरेर मात्र पारित गर्नुपर्ने अडान कायमै रहेको बताउदै उहाँले कसैको चाहनाले देशको हित विपरीतको सम्झौता पारित हुन नसक्ने बताउनुभएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले त पारित गर्नुपर्छ भन्ने अडानमा हुनुहुन्छ नि भन्ने पाथीभरा न्युजको जिज्ञासामा वरिष्ठ नेता खनालले भन्नुभयो,‘प्रधानमन्त्री ओलीले भन्दैमा एमसीसी पारित हुँदैन, पार्टीले नगरी पारित गर्न नहुने अडानमा अडिक छ ।’ एमसीसीको बारेमा हिजो बसेको सचिवालय बैठकमा कुनै छलफल नभएको बताउदै उहाँले असार १० गते बस्ने स्थायी समिति बैठकले एमसीसीको बारेमा निर्णय लिने बताउनुभयो ।

मेरो नेतृत्वमा बनेको कार्यदलले संशोधन विना एमसीसी पारित गर्न नहुने प्रतिवेदन सचिवालय बैठकमा बुझाएको छ, अध्ययन अनुसन्धान गरेर प्रतिवेदन दिएको हो, अहिलेकै अवस्थामा एमसीसी पारित गर्न मिल्दैन र हुँदैन’, नेता खनालले भन्नुभयो ।
बुधबारको दिन यी ८ काम गरेमा जीवनमा नयाँ ऊर्जा थपिन्छ
बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ । बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो । बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि ।

यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ । किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ । यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ । अन्य केही कार्यहरु निम्न छन् :१. बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको प्रजा–आजा गर्नुपर्छ ।२. वुधबारको दिन हरियो घाँसपात बस्तु–भाउलाई खुवाउँनुहोस् ।३. समलिंगीको सेवा गर्नुहोस् ।
४. हरियो चना भिजाएर चरा–चुरंगीलाई खुवाउँनुहोस् ।५. नौ बर्षभन्दा कम उमेरको कन्याको खुट्टा धोएर उनलाई प्रणाम गरेर आशीर्वाद लिनुहोस् ।
६. बुधवार व्रत बस्नुहोस् ।७. बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न पूजा गर्नुहोस् ।८. धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउँनुहोस् ।बुधबार यी ५ काम गर्नुस्, शुभ खबर पाइनेछ

बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्:बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार-गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here