खुसीको खबर : असार १५ बाट सार्वजनिक सवारी साधन सञ्चालन हुने! गाडी भाडा बढ्ने, यस्ता छन् अबको नियम

0
19

लामो समय देखिको लकडाउनका कारण आफुहरुको लगानी डुबेको भन्दै गुनासो गरेका सार्वजनिक यातायात ब्यवसायीलाई पनि राहत मिल्ने भएको छ । सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरेपछि उनीहरुले पनि राहत पाउने भएका छन् ।

ठूलो लगानी थन्क्याएर बस्नुपर्दा बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेको सार्वजनिक यातायात ब्यवसायीले बताएका छन् । उनीहरुको यस्तो गुनासो पछि यातायात व्यवस्था विभागले नयाँ निर्देशिका बनाएर अब सञ्चालनको तयारी गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवसायी र मजदुरसँग निर्देशिकाबारे छलफल गरेर छिटै टुङ्गो लगाउने विभागका महानिर्देशक गोगन हमालले जानकारी दिएका छन् ।तर कोरोना भाइरस सङ्क्रमितको संख्या दिनदिनै बढिरहेका बेला चालक र सहचालकको स्वास्थ्य सुरक्षा कसरी गर्ने भन्ने विषयमा भने छलफल जारी छ ।

साथै सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको पनि स्वास्थ्य सुरक्षाको बारो पनि छलफल जारी छ । सार्वजनिक यातायात ब्यवसायीले सरकारले चालक र सहचालकको स्वास्थ्यको सुनिश्चितता सरकारले नगरेसम्म सार्वजनिक गाडी चलाउनु जोखिमपूर्ण रहेको जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विभागले बनाएको निर्देशिकाले यातायात मजदुरको स्वास्थ्य संवेदनशिलतामा ध्यान नदिएको आरोप लगाएका छन् । , ‘विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुँदैन’ उनले भनेका छन् ।

निर्देशिकामा सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्ताव छन् ।सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।

व्यवसायी र उपभोक्ता दुवै मारमा नपर्नेगरी भाडा बढाएर सार्वजनिक यातायात खुला गर्ने तयारी सरकारले गरेको छ । तर कहिलेदेखि कुन मोडलमा सार्वजनिक यातायात खुला गर्ने भन्ने निर्णय नभएकाले प्रस्तावित निर्देशिका छलफलमै सीमित छ। ब्यवसायीहरुले भने गाडीमा आधा मानिस मात्र राख्दा आफुहरुको लगानी पनि नउठ्ने बताएका छन् । ब्यवसायीहरुले आफुहरुलाई सरकारले अनुदान दिनुपर्ने माग राखेका छन् । ठूला बसबाहेक ट्याक्सी, ट्याम्पोको पनि न्याय गर्ने व्यवस्था सरकारले ल्याउनुपर्ने ब्यवसायीको माग छ । माग सम्बोधन भए सरकारले भनेकै मितिदेखि गाडी चलाउन थाल्ने व्यवसायीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here