एमसीसी र नागरिकताबारे राष्ट्रिय सहमति गरेर सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाऔं : बाबुराम

0
27

काठमाडौं, १० असार । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नागरिकताबारे तुरून्तै राष्ट्रिय सहमति जुटाउने पर्ने बताउनुभएकाे छ । पूर्व प्रधानमन्त्री भट्टराईले एमसीसी र नागरिकताबारे राष्ट्रिय सहमति गरेर सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाउनुपर्ने सुझाव दिनुभएकाे छ ।

उहाँले ट्वीटरमा लेख्नुभएकाे छ, ‘तुरून्त यो पेचिलो एमसीसी र नागरिकतावारे राष्ट्रिय सहमति गरौं र सबै ध्यान कोरोना र अर्थतन्त्रमा लगाऊँ ।’ उहाँले देश गम्भीर संकटमा फस्दै गएका बेलामा प्रधानमन्त्री ओलीको चिन्तन, कार्यशैली निरंकुश र अहंकारी देखिएको भन्दै अन्य दल र नेतामा पनि गतिलो छाँट नदिएको गुनासो गर्नुभएकाे छ । ‘देश गम्भीर संकटमा फस्दैगएको वेला प्रम ओलीको चिन्तन, कार्यशैली निरंकुश, अहंकारी देखियो नै तर अरू दल र नेताहरूको पनि कुनै गतिलो छाँट देखिएन ।’

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्य दल र नेताको चिन्तन र कार्यशैलीमाथि कडा आलोचना पनि गर्नभएकाे छ । प्रधानमन्त्री ओलीकै शैलीमा भट्टराईले लेख्नुभएकाे छ, ‘ जेठा मामाको त्यो गति, कान्छा मामाको भांग्राको धोती!’

एमसीसी सत्तारूढ दलभित्रै विवदित बन्दै आएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यसलाई संसदमा प्रवेश गराएर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको सहयोगमा पारित गराउने पक्षमा छन् भने अर्को समूहले एमसीसी पारित गर्नु नहुने पक्षामा छन् । प्रमखु प्रतिपक्षी काँग्रेसले पहिलेबाटै एमसीसी पास गर्नुपर्ने माग राख्दै आएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको गत शनिबार बसेको सचिवालय बैठकले वैवाहिक अंगिकृत नागरिकतामा सात वर्षे प्रावधान राख्न उपर्युक्त हुने निर्णय गरेको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सात वर्षे प्रावधान राख्नुपर्ने निर्णय बहुमतले गरेको छ । प्रमखु प्रतिपक्षी काँग्रेस र मधेसकेन्द्रित दलले भने उक्त प्रावधानप्रति आपत्ति जनाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here