विदेशी शक्तिले पार्टी र सरकार भत्काउन लागेका छन्, त्यो मलाई राम्रो थाहा छ – ओली

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, १० असार ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले विदेशी शक्तिहरुले कसरी पार्टी र सरकार भत्काउन लागेका छन् रु भन्ने कुरा आफूलाई पूरै थाहा भएको बताउनुभएको छ ।

आज प्रधानमन्त्री निवार वालुवाटारमा भएको पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई लीषत गर्दै पार्टीभित्र बहुमतको नाममा गुटको राजनीति भएकाले देशी तथा विदेशी तत्वहरु सक्रिय भएको बताउनुभयो ।

मुलुकलाई समृद्ध बनाउन पार्टी एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेकपा भित्र बहुमत र अल्पमतको खेल तत्काल बन्द गरि सहकार्यको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टी नेतृत्व तथा सरकारको कुनै कमिकमजोरी भए सच्याएर जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सहमति र सहकार्यको माध्मबाट दृढताका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

सहमतिका आधारमा पार्टी चलाउन छाडेर गुट बनाएर बहुमतको खेति गरेकै कारण पार्टी बिग्रेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राम्रो कामलाई समेत नराम्रो काम भनि प्रधार गर्ने गरिएकोमा गुनासो व्यक्त गर्नुभयो ।

त्यस्तै, स्थायी समितिमा प्रधानमन्त्री ओलीले तथ्यांङ्कमा सरकारको काम राम्रो भएको बताउनुभयो । तर, पार्टीभित्रकै मान्छेले सरकारले काम गरेन भनेर प्रचार गर्दै हिँडेको भन्दै गुनासो पनि गर्नुभएको थियो । पार्टीले सरकारको कामको अपनत्व नलिएको उहाँको गुनासो थियो ।

यसैक्रममा उहाँले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ठीक हुँदाहुँदै पनि पार्टीभित्रकै नेताहरुको आग्रहमा फिर्ता गरेको दावी दाबी गर्नुभयो । स्थायी समितिको अर्को बैठक १२ गते ११ बजे बस्ने तय गरिएको जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *