प्रधानमन्त्रीलाई सर्वाेच्चले किन बोलायो ?

0
25

१० असार, काठमाडौँ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना भाइरस संक्रमण, विदेशमा अलपत्र नागरिकहरुको उद्धारलगायत सात वटा सार्वजनिक सरोकारको रिटमा दिएको आदेश कार्यान्वयनबारे जवाफ दिन सर्वोच्च उपस्थित हुन भनेको हो ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले अदालतबाट भएका आदेश पालना नभएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले बुधबार यस्तो आदेश जारी गरेको हो । सर्वोच्चले अदालतको आदेश प्राप्त भएको मितिले १५ दिनभित्र आफै उपस्थित हुन भनेको छ । सर्वोच्चले आफै उपस्थित हुन नसकेमा आफ्नो कानुनी प्रतिनिधित्व मार्फत लिखित जवाफ पेश गर्न भनेको छ ।

यसअघि अदालतबाट जारी भएका विभिन्न सातवटा अन्तरिम आदेशको कार्यान्वयनको अवस्था पेश गर्न पनि सर्वोच्चले भनेको छ । सर्वोच्चले कोरोना भाइरसले सृजना गरेको विषम परिस्थिति र नेपाली नागरिकहरुको सम्मानपूर्वक बाँच्न पाउने, स्वास्थ्य सेवामा समान पहुँच र व्यक्तिको जिउज्यान समेतको रक्षा सरकारबाट अपेक्षा गरेको उल्लेख छ ।

यस्तो सन्दर्भमा अदालतले जारी गरेको आदेश अविलम्ब पालना हुनुपर्ने र पालना नगर्ने मनसाय देखाएमा त्यसबाट जनतामा न्यायपालिका प्रतिको आस्था, विश्वास र प्रभावकारितामा असर पर्ने भएकाले १५ दिनभित्र सुनुवाईका पेशी तोक्न पनि सर्वोच्चले भनेको छ । प्रधानमन्त्री ओलीले बेसारपानी खान र नेपालहरुको इम्युनिटी पावर उच्च रहेको भन्दै कोरोनाबाट मरेका व्यक्ति र संक्रमणको बचाउ गरेको समयमा सर्वोच्चले उनलाई उपस्थित हुन आदेश गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here