विदेशी बुहारीलाई सात वर्षपछि नागरिकताविरुद्ध जसपाको आन्दोलन

  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा काठमाडौंसहित देशका मुख्य शहरहरुमा प्रदर्शन गर्ने भएको छ। जसपा अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उक्त विधेयकको विरोधमा असार १६ गते प्रदर्शन र सभा आयोजना गर्ने जनाएको छ। सरकारले जातीय विभेद, सामाजिक तथा सांस्कृतिक विभेद, लैंगिक विभेद र असमानता कायम गर्ने तथा राष्ट्रिय एकता कमजोर पार्ने गरी नागरिकता संशोधन विधेयक ल्याएको ठहर विज्ञप्ती मार्फत गरिएको छ। जसपाले विगतका नागरिकता ऐनमा भएका वैवाहिक अंगीकृत व्यवस्थालाई नै यथावत राख्न माग समेत गरेको छ। ‘नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारबाही चलाएको प्रमाणको आधारमा नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरिनु पर्दछ’, विज्ञप्तीमा उल्लेख छ। गोर्खा सेनाको रुपमा विदेशमा कार्यरत नेपालीहरुलाई समेत गैर–नागरिक बनाउने प्रयास सरकारले गरेको जसपाले आरोप लगाएको छ। जसपाले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु स्वयंले स्वघोषणा गरेको पहिचानलाई नै मान्यता दिई यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई नागरिकता प्रदान गर्ने व्यवस्था गर्न माग समेत गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *