‘यही असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्छ’

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताएकी छन्। प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ १ प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताइन्। अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उहाँले बताउनुभयो। ‘असारसम्म भौतिक काम सम्पन्‍न हुन्छ। राष्ट्रियसभा, प्रतिनिधिसभामा प्रतिवद्धता जनाइसकेका छौँ’, उनले भनिन्, ‘र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ। असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडी बढ्छ।’ समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीदलसम्म पानी खसाल्नुले मात्रै आयोजना पुरा नहुने भएकाले काठमाडौंबासीको घरघरमा पानी पुर्‍याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिइन्। त्यहाँका स्थानीयबासीहरुको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्चि सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ। सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाडौंमा आइपुग्छ भन्दै प्रश्‍न गरेका थिए। सांसद बहादुर सिंह लामाले सिएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्‍न गरे। सांसद गणेश पहाडीले सिएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भूक्तानीका विषयमा के भइरहेको छ भन्दै प्रश्‍न गरे। सांसद रंगमती शाहीले अहिलेसम्म जनताले मेलम्चीको पानी किन खान पाएनन भन्दै प्रश्‍न गरिन्। ‘दशैमा पानी आउँछ भनेर मन्त्रीज्यू जोसिनुहुन्छ। जोश र इच्छाशक्ति ठूलै देखिन्छ। पावर पनि ठूलै देखिन्छ तर जनताले पानी खान किन पाएनन्।’ मेलम्ची आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ। अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ। रक डबेल जडान ग्राउण्डिङ, इन्भर्ट कंक्रिट हाइड्रो मेकानिकल गेट जडान सम्पन्‍न भएको आयोजनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *