परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई अमेरीकी समकक्षीले सोधे -एमसिसि के भयो ?

0
11

काठमाडौँ /परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओसँग टेलिफोन संवाद गरेका छन् ।

संवादका क्रममा दुई मन्त्रीले कोभिड–१९ महामारीको विरूद्धको अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्रमन्त्री र विदेश मन्त्रीले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सरहाना गरे । दुवै पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबिचको विकास साझेदारीको महत्वबारे पनि छलफल गरेको जनाइएको छ ।

मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीसम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेको सहयोगको सराहना गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिएका थिए । दुवै पक्षले कोभिड–१९ पछिको सन्दर्भमा वृद्धि हुनेस्तरको आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गरे ।

वार्ताको क्रममा पोम्पेओले एमसीसीका सम्बन्धमा चासो व्यक्त गरेको पनि जनाइएको छ । एमसीसीलाई लिएर सत्तारुढ नेकपाभित्रै विवाद चुलिएको र पारित गर्नु पर्ने समय सीमा घर्किँदै गएको अवस्थामा अमेरिकी विदेश मन्त्रीले परराष्ट्र मन्त्रीसँग चासो व्यक्त गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here