साथीको श्रीमती मनपरेपछि…

  •  
  •  
  •  
  •  
  •  
  •  

काभ्रे – लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला करणी भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० वर्षीया महिलालाई करणी गरेका छन् । लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमान्लाई  किन्न पठाई श्रीमतीलाई करणी गरेका थिए ।

कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले र क्सी खाने सल्लाह गरे । दुवैले र क्सी खाए । र क्सी खाँदै जाँदा थप्न मन लाग्यो तर र क्सी थिएन । उनै कान्छाले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर किन्न पठाए । श्रीमान्लाई किन्न पठाएर श्रीमतीलाई कान्छाले करणी गरेको महिलाको बयान छ । श्रीमतीलाई करणी गरेको श्रीमान्ले देखेलगत्तै कान्छा फरार भएका थिए ।

उनीहरूको एक सन्तान छन् । डेड वर्षअघि मात्रै उनीहरूको विवाह भएको थियो । वैशाख १५ गतेको घटना लकडाउनका कारण प्रहरीकोमा दर्ता हुन सकेन । जेठ ५ गते लकडाउन खुल्छ भन्ने लागेर प्रहरीलाई नभनेको उनीहरूले बताए । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । अकवीर भन्ने कान्छा पराजुली प्रहरीको नियन्त्रणमा छन् । नेपालसमाचारपत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *