अनि’यन्त्रित भई ट्या’क्टर दु’र्घटना हुँदा २० वर्षीय मनोजको घ’टना’स्थलमै मृ’त्यु

0
9

काठमाडौ, असार ११- महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा घट’नास्थलमै चालकको मृ’त्यु भएको छ ।गौशाला नगरपालिका– ११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृ’त्यु भएको हो ।

मृ’तकको शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घट’नास्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।
काभ्रे – लकडाउनभित्र पनि महिला असुरक्षित भएका छन् । आफन्त तथा नजिकका चिनेका व्यक्तिहरूबाट महिला करणी भएका उजुरी प्रहरीमा परेका छन् । प्रहरीले उजुरीका आधारमा अपराधमा संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० वर्षीया महिलालाई करणी गरेका छन् । लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमान्लाई  किन्न पठाई श्रीमतीलाई करणी गरेका थिए ।

कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले र क्सी खाने सल्लाह गरे । दुवैले र क्सी खाए । र क्सी खाँदै जाँदा थप्न मन लाग्यो तर र क्सी थिएन । उनै कान्छाले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर किन्न पठाए । श्रीमान्लाई किन्न पठाएर श्रीमतीलाई कान्छाले करणी गरेको महिलाको बयान छ । श्रीमतीलाई करणी गरेको श्रीमान्ले देखेलगत्तै कान्छा फरार भएका थिए ।

उनीहरूको एक सन्तान छन् । डेड वर्षअघि मात्रै उनीहरूको विवाह भएको थियो । वैशाख १५ गतेको घटना लकडाउनका कारण प्रहरीकोमा दर्ता हुन सकेन । जेठ ५ गते लकडाउन खुल्छ भन्ने लागेर प्रहरीलाई नभनेको उनीहरूले बताए । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । अकवीर भन्ने कान्छा पराजुली प्रहरीको नियन्त्रणमा छन् । नेपालसमाचारपत्रमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here