राजु सदाको मृत्यु होइन, ह’त्या हो : नेता थापा

0
104

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले धनुषाको क्वारेन्टाइनमा राजु सदाले सामान्य उपचार नपाएर मर्नु मृत्यु नभएर ह’त्या भएको आरोप लगाएका छन् । विहीबार साँझ ट्वीट गर्दै उनले जनता रोगले मरिरहँदा सरकार आत्मप्रसंशामा रमाएको बताएका छन् ।

‘धनुषाको क्वारेन्टाइनमा किशोर राजु सदाले सामान्य उपचार नपाएर ज्यान गुमाइ रहँदा सरकार भने’कोभिड-१९ महामारी र हाम्रा प्रयासहरू’ पुस्तकमा आफ्नो बखान गर्न व्यस्त छ,’ उनले भनेका छन् ।

उनले उक्त घटनालाई मृत्यु नभएर ह’त्या भएको बताएका छन् । ‘यो मृत्य नभएर ह’त्या हो,’ उनले लेखेका छन्, ‘यो दु:खद घटनाले फेरी एकपटक कोरोना व्यवस्थापनको जिम्मा लिनेहरुको नियत र हैसियत देखाएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here