आइसोलेसनमा छट्पटाएर ज्या’न गुमाएका राजुको बारेमा छानविन गर्न समिति बनाइयो

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, । सरकारले बन्दाबन्दी खुकुलो पारेसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेका छन् । साथै, कोरोना संक्रमणका कारण नेपालमा पनि दिनानुदिन ज्यान गुमाउनेको संख्या पनि बढिरहेका छन् ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २६ जना संक्रमितहरुको ज्यान गइसकेको छ । केही संक्रमितहरुले उपचार नपाएरै ज्यान गुमाए भने केही संक्रमितहरुले अव्यवस्थित क्वारेन्टाइन र आइसोलेशन वार्डकै कारण ज्यान गुमाएका छन् ।

जसको ताजा उदाहरणको रुपमा धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदालाई नै लिन सकिन्छ । फोहोर र अस्वस्थ्य खानाका कारण राजु सदालाई क्वारेन्टाइन बसाईको १७ औं दिन पखाला लाग्यो । पखाला लागेपछि राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए ।

उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले त आफ्नो कपाल बेस्सरी लुछ्थे पनि । तर, राजु सदालाई अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् ।

पखाला लाग्दा जीवन जलसमेत नपाएर छट्पटाएका राजु सदा सदाका लागि क्वारेन्टाइनबाटै बिदा भए । पीडाले हातखुट्टा चलाए, आइसोलेसन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि उनले उपचार पाएनन्, अन्त्यमा प्राण नै त्यागे । उक्त घटनाले सबैको आँखा बिझाएको छ, मस्तिष्क खलबलिएको छ ।

यसरी छट्पटाएरै अस्पतालको आइसोलेशनमा ज्यान जान्छ भन्ने अनुमान कसले गर्न सक्ला रु तर, रोग र भोकबाट ज्यान बचाउन परदेशबाट आफ्नो देशमा आएका राजु सदाको अस्पतालको आइसोलेशनमै जीवन जलसमेत नपाएर ज्यान गयो ।

के राजुलाई न्याय होला त ?

अनाहकमा ज्यान गुमाउनु पर्दा समाजमा थुप्रै प्रश्न उठनु स्वाभाविक हो । एक पछि अर्को दलित समुदायले राज्यको लापरवाहीले गर्दा ज्यान गुमाउन बाध्य हुनु परेको घटना आजभोलि तराई मधेशको चिया पसल र पान दोकानमा पनि घनीभूत रुपमा सुन्न थालिएको छ ।

७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले न्यूजÞ २४ लाई बताउनु भयो । समितिले उपचारमा संलग्न चिकित्सकको टोलीले दिएको मेडिकल अडिट प्रतिवेदनका साथै अन्य सान्दर्भिक तथ्य, तथ्यांक र सूचना र सोको श्रोत समेत गहन अध्ययन विश्लेषण गरी आफ्नो प्रतिवेदन पेश गर्ने घिमिरेले स्पस्ट पार्नु भएको छ ।

उपचार व्यवस्थापन वा सेवा प्रवाहमा कहीँ कतै कमी कमजोरी वा लापरवाही भएको पाइए जिम्मेबार व्यक्तिलाई कारबाही गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।जेठ ३ गते भारतको अहमदावादबाट आएका राजुलाई गाउँकै क्वारेन्टाइनमै राखिएको थियो । १७ दिनसम्म क्वारेन्टाइनमै बसेपछि उनलाई झाडापखाला लाग्दा ट्रिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो । त्यही उनको स्वाब संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *