नेकपाका स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले ऐतिहासिक दस्तावेज, प्रमाण र व्यवहारबाट कालापानी क्षेत्र जसअन्तर्गत लिम्पियाधुरा र लिपुलेक पनि पर्छ, त्यो नेपालको भूमि हो भन्ने यथार्थ हो र प्रमाणित कुरा हो भनेका छन् । साथै उनले १९५० को असमान सन्धि खा’रेज गरेर गोर्खा भर्ती ब’न्द गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।
रावलले तत्कालीन राजा महेन्द्रले कालापानी भारतलाई दिएको भन्ने कुरा गलत भएको बताएका छन्। सम्झौता नआएपछि त्यो कुरा निराधार रहेको स्पष्ट भएको उनले बताएका छन्। उनले थपे ‘सम्झौता भएको भए भारतले पनि पक्कै देखाउँथ्यो होला।’
लिम्पियाधुरा, लिपुलेक र सुस्तालगायतका कालापानी क्षेत्रका भू–भाग नेपालकै भएकोले त्यो फि’र्ता गर्न सरकारले त’त्काल कु’टनीति’क कदम चाल्नुपर्ने उनको भनाइ छ। नेपालको भौगोलिक अखण्डता सुदृढ बनाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वपक्षीय बैठकमा राष्ट्रिय सहमति जुटेको रावलले बताएका छन्।
कालापानी, सुस्ता लगायतका सीमा क्षेत्रको विवाद समाधान गरी त्यसमा नेपालको सार्वभौमसत्ता स्थापित गरेर मात्र नेपाल–भातरको स्ट्रिप नक्साबारे टुंगो लगाइनुपर्ने उनले बताएक छन् । रावलले भारतसँगको वार्तामा नेपालका सीमाविद् र पहिलेदेखि कु’टनी’ति र इतिहासको विशेष जानकारी राख्ने व्यक्तिहरुलाई सामेल गराइनुपर्नेमा जोड दिएका छन्।
रावलले नेपाल–भारत सी’मा क्षेत्रमा ह’राएका, बि’ग्रेका, भ’त्केका वा बि’गारिएका स्तम्भहरुको तु’रुन्त खोजी गरी तीनको पुनःस्थापना वा पुनः निर्माण गरिनुपर्ने बताएका छन्। नेता रावलले सी’मासम्बन्धी वार्तामा कालापानी क्षेत्रबाट भारतले अनाधिकृत रुपमा तै’नाथ गरेका भारतीय सेना हटाउनुपर्ने अ’डान राख्नुपर्ने बताएका छन्।