को’रोनाको म’हामारी चलिरहदा सरकारी गाडी चढेर बिहेभोजमा, यस्तो दु’रुपयोग गर्ने अधिकार कसले दियो ?

0
64

गैँडाकोट। सरकारी निर्देशनलाई बे’वास्ता गर्दै कतिपय भने भव्य बिहे भोजको आ’योजना गरिरहेका भेटिन्छन् । अचम्मको कुरा त के छ भने गैँडाकोटकी उपमेयर विष्णुकुमारी कँडेल आफैँ आज शनिबार दिन सरकारी गाडी चढेर बिहेभोजमा पुगिन् । यो लकडाउनको समयमा सरकारी साधनस्रोत र निर्देशनको चरम दु’रुपयोग थियो ।गैँडाकोट नगरपालिका–१७ स्थित होटल रेड हाउसमा उपमेयर सरकारी बा २ झ १३४९ नम्बरको रातो गाडी चढेर ज’न्तीसहित पुगेकी हुन् ।२०० बढी जन्ती सहभागी भएको बिहे भोजमा उपमेयरलाई सरकारी गाडीमा देखेपछि स्थानीयले वि’रोध गरेका छन्। स्थानीयले को’रोनाको क’हरको समयमा धेरै जन्ती लिएर उपमेयर किन आएको भनेर सोध्दा उनले आफूले २५ जना मात्र जन्ती ल्याउन आ’ग्रह गरे पनि धेरै आएको स्वी’कार गरिन् । छिमेकीको बिहे भएका कारण आफू सहभागी भएको उनले बताएकी थिइन् ।सो क्रममा स्थानीयले चर्काे वि’रोध गरे पछि उनी विवाह स्थल छाडेर बा’हिरिएकी थिइन्।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here