धन कमाउन विदेशिएका थप १६ जना बाकसमा फर्किए

0
23

काठमाडौं / शुक्रबार विभिन्न देशबाट एक हजार ३ जना नेपाली स्वदेश फर्किएका छन् । यसका साथै नेपाली लिएर आएको जहाजले १६ मृ’त नेपालीको श’व पनि ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मलेसियाको क्वालालम्पुरबाट सबैभन्दा धेरै नेपाली आएका हुन भने १५ वटा श’व पनि ल्याइयो । मलेसियाको क्लालालम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड विमानमा १४ श’वसहित २४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ नेपालीसहित एक श’व स्वदेश ल्याइएको हो ।यसैगरी यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १६८ जना स्वदेश फर्किए भने बहराइनबाट नेपाल एअरलाइन्सका दुई चार्टर्ड उडानले २७३ नेपालीलाई स्वदेश ल्याए ।बहराइनबाट एक नेपालीको श’व पनि पठाइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि स्वदेश फर्किएका छन् । भिसाको नियम उ’ल्लंघन गरेका १६० जना पुरुषलाई कुवेत सरकारले नै जजिर एअरमार्फत् निःशुल्क काठमाडौसम्म ल्याइदिएको हो ।

कुवेतबाट अहिलेसम्म ११ वटा उडानबाट आममाफी पाएका १७ सय २५ जना नेपाल फर्किएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । यसैगरी नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज नेपाली लिनका लागि विभिन्न देशमा गएका छन् । नेपाल एअरलाइन्सका जहाज हङकङ, अष्ट्रेलियाको मेलबर्न, यूएईको दुबई र साउदीको रियाद जँदा हिमालय एअरलाइन्सको जहाज भने यूएईको आबुधाबी र साउदीको दमामबाट नेपालीलाई ल्याउँदैछ ।

शुक्रबार त्रिभुवन विमानस्थलमा १६ वटा अन्तर्राष्ट्रिय उडान भएको र आन्तरिकतर्फ ८ वटा उडान भएको तथा शनिबार विभिन्न ८ देशबाट नेपाली स्वदेश फर्कने विमानस्थलले जनाएको छ

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here