कार दुर्घ’टनामा प’रि पत्रकार पाण्डेको मृ’त्यु

0
53

बुटवल, असार १४: रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको सवारी दु’र्घटनामा परि नि’धन भएको छ। रुपन्देहीमा रही न्युज २४ टेलिभिजनमा रिपोर्टिङ गर्दै आएका पाण्डेको शनिबार राति आफैले चलाएको कार दु’र्घटनामा परि ज्यान गएको हो।मध्यराति बुटवलदेखि आफ्नो घर तिलोत्तमाको ड्राइभरटोलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको कार दु’र्घटनामा परेको प्रदेश ५ ट्राफिक प्र’हरी कार्यालय बुटवलले जनाएको छ।

उक्त कारले सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा ६ लेन सडक छेउमा राखिएको रेलिङमा ठ’क्कर खाएको थियो। कार दुर्घटनामा परी गम्भीर घा’इते उनलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिए भएपनि राति १ बजेको करिब मृ’त्यु भएको हो।

३० वर्षिय पाण्डेको शवलाई पोष्टमार्टमका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्र’हरीले जनाएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घा स्थायी घर भएका पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा रही गीतसङ्गितको क्षेत्रमा समेत सक्रिय थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here