काठमाडौंमा कोरोना संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयले दियो यस्तो चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  

सोमवार थप ४ सय ७६ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

२४ घण्टामा विभिन्न ठाँउमा गरिएको पीसीआर परीक्षणमा ४ सय ७६ लाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।संक्रमितमध्ये काठमाडौंका ६, ललितपुरका १ र भक्तपुर १ जना रहेका छन्।स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो समय उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेकोले सचेत हुन आग्रह गरेका छन्।

सरकारले लकडाउन केही खुकुलो बनाएसंगै काठमाडौं लगायत उपत्यकामा अहिले सर्वसाधारणको चहल पहल बढेको छ ।यसले कोरोनाको जोखिम बढ्ने भन्दै सचेत रहन मन्त्रालयले आग्रह गरेको हो ।आवश्यक बाहेक घर वाहिर ननिस्कन र निस्कन परेपनि स्वास्थ्य सजगता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।लकडाउन खुकुलो भएसंगै अन्य जिल्लावाट काठमाडौं भित्रनेको संख्या पनि बढेको छ ।मन्त्रालयले बाहिरि जिल्लावाट आउनेलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

यो पनि पद्नुहोस्
बुटवल – सैनामैना नगरपालिका– ८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी जवान हुन्।

बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कार प्रहरीको नियन्त्रणमा छ ।

हिजो मात्र सवारी दुर्घटनामा परी रुपन्देहीमा एक कलाकार तथा पत्रकारको निधन भएको थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *