६ महिना अघि बिधुवा बनेकी सुस्मिताको परिवारले नै ह-त्या गरेको खुलासा

  •  
  •  
  •  
  •  
  •  
  •  

गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा ह-त्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका ४ जनालाई आज सार्वजनिक गरेको छ ।

सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

६ महिना अघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको वि-वाद, ससुराले गरेको बला-त्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको ह-त्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर ह-त्या गरेको प्रहरीले दावी गरेको छ ।

पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि ह-त्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसै गरि आज सोमवार थप ४ सय ७६ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

२४ घण्टामा विभिन्न ठाँउमा गरिएको पीसीआर परीक्षणमा ४ सय ७६ लाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।संक्रमितमध्ये काठमाडौंका ६, ललितपुरका १ र भक्तपुर १ जना रहेका छन्।स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो समय उपत्यकामा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेकोले सचेत हुन आग्रह गरेका छन्।

सरकारले लकडाउन केही खुकुलो बनाएसंगै काठमाडौं लगायत उपत्यकामा अहिले सर्वसाधारणको चहल पहल बढेको छ ।यसले कोरोनाको जोखिम बढ्ने भन्दै सचेत रहन मन्त्रालयले आग्रह गरेको हो ।आवश्यक बाहेक घर वाहिर ननिस्कन र निस्कन परेपनि स्वास्थ्य सजगता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।लकडाउन खुकुलो भएसंगै अन्य जिल्लावाट काठमाडौं भित्रनेको संख्या पनि बढेको छ ।मन्त्रालयले बाहिरि जिल्लावाट आउनेलाई अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *