नेपालमा कोरोना भित्रियो भने त्यसको जिम्मेवारी पर्यटमन्त्री भट्टराईले लिनुपर्छ: कँडेल

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अबको २४ घण्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ब’न्द गर्नको लागि सरकारलाई सुझाव दिएका छन् ।

को’रोना भा’ईरसको संक्र’मण विश्वभरि फैलिएको र सबै राष्ट्रले आ–आफ्नो पूर्व तयारी गरिसकेकोले नेपालले पनि कोरोना नेपाल भित्रिन नदिनको लागि सबैभन्दा पहिलो काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने रहेको उनले सुझाव दिएका छन् । उनले भने,‘यदि नेपालमा कोरोना भाईरस भित्रियो भने यसमा सबैभन्दा ठूलो दोष नेपाल सरकारको हुनेछ, त्यसमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको हुनेछ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कँडेलले यस्तो सुझाव दिएका हुन् । सरकार आफ्नो नागरिकप्रति जिम्मेवार भए उसले सबैभन्दा पहिले कोरोनाको सं’क्रमण हुनबाट देश र जनतालाई जोगाउनुपर्ने पनि उनको तर्क छ ।

चीनबाट सुरु भएको कोरोनाको महामारी अहिले कति राष्ट्रमा पुग्यो ? भनेर चर्चा तथा परिचर्चा गर्नुभन्दापनि नेपालले आफ्नो पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘हामी कसरी यसको सं’क्रमणबाट जोगिने भन्नेतर्फ लाग्नुपर्छ । यसको लागि सबैभन्दा ठूलो दायित्व र जिम्मेवारी भनेको सरकारको हो ।’

उनले नेपाल सरकारले आफू विश्वकै शक्तिशाली र कोरोना नेपाल भित्रिन दिन्न भनेर नेपाली जनतासामू आश्वस्त पार्न सके विमानस्थल सुचारु गर्न सक्ने भएपनि आफूले भने त्यो सम्भावना नदेखेकोले अविलम्ब विमास्थल बन्द गराउन सुझाव दिएको स्पष्ट पारे ।

उनले भने,‘नेपालमा अहिले कोरोनाबारे सेकेण्ड सेकेण्डमा आईरहेका समाचारले जनता आ’तं’कित छन् । कि त सरकारले ती समाचारहरु बन्द गराउन सक्नुपर्यो । होईन भने यसरी आफ्ना नागरिकलाई आ’तंक, ड’र, त्रा’स र भयमा राख्नुहुँदैन् । सरकारले बेलैमा यसप्रति सोचोस् । समय धेरै नै ढिला भैसकेको छ ।’

उनले कोरोना भाईरस (कोभिड–१९) को सं’क्रमण यो आफैंमा न्याचुरल कालामिटजजस्तो भएपनि यसबाट जोगिन र राष्ट्रमा पर्नसक्ने प्रभावबाट बच्नको लागि सरकारले आफ्नो तयारी र सचेतना कार्यक्रमको प्रभावकारिता देखाईसक्नुपर्ने थियो भन्ने तर्क गरे । उनले भने,‘अरु देशले त अन्तर्राष्ट्रिय उडान सेवा बन्द नगरेपनि नेपालले चाहीँ गरिसक्नुपर्दथ्यो, तर अहिलेसम्म गरेन्। बरु, अरु देशले विदेशी राष्ट्रसँगको सम्पर्क टु’टाएका खबर दिनदिनै आईरहेका छन् ।

आजमात्रै पनि कतारले नेपाललगायत १४ राष्ट्रलाई प्रतिबन्ध गरेको छ । यसबाट नेपालले केही सिक्नुपर्दैन् ?’ उनले आफूले कोरोना नेपाल नआओस भन्ने कामना गरेको सुनाउँदै यदि नेपाल भित्रियो भने त्यसको मुख्य जिम्मेवारी पर्यटमन्त्री योगेश भट्टराईले लिनुपर्ने पनि स्पष्ट पारे ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *