सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर नपर

  •  
  •  
  •  
  •  
  •  
  •  

भगवान गौतम बुद्ध इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए भने ८० वर्षको उमेर अर्थात इसा पूर्व ४८३ मा उनको नि’धन भयो ।

उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । आज हामीले तिनै महान बुद्धका केही भनाईहरु उल्लेख गरेका छौं । जुन भनाईं तपाईंको लागि जीवन उपयोगी बन्न सक्छन् ।

सूर्य, चन्द्रमा र सत्य यी तीन चिज धेरै लामो समयसम्म लुक्न सक्दैन ।

तिमी आफ्नो सफलता चाहान्छौ भने आफैं प्रयास गर, अर्काको भर पर्‍यौ भने सफलता मुस्किल छ ।

एउटा शाश्वत सत्य के हो भने घृ’णा प्रेमले अन्त्य हुन्छ, घृ’णाले होइन ।

बिना स्वास्थ्य जीवन, जीवन होइन पी’डाको भण्डार हो ।

मन सबैथोक हो, जसरी तिमी सोच्छौं, त्यस्तै बन्छौ ।

सत्यको बाटोमा हिँडिरहेका व्यक्तिले पनि दुईवटा ग’ल्ती गर्न सक्छन्, एउटा पूरा बाटो तय नगर्ने र अर्को, यसको सुरुवात पनि नगर्ने ।

इच्छा यस्तो चिज हो, जुन कहिल्यै अन्त्य हुँदैन ।

शं’का गर्ने बानी सबैभन्दा ख”तरनाक हुन्छ, जसले सुमधुर सम्बन्धलाई स’खाप पार्छ ।

गुनासोयुक्त विचारबाट मुक्ति खोज्नुस्, जीवनमा शान्ति मिल्छ ।

यो पनि पढ्नुस : हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ । दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *