लकडाउनविरुद्ध सडकमा उत्रिए यातायात व्यवसायी र मजदुर, ट्याक्सी संचालन माग गर्दै यातायात व्यवस्था विभाग घेराउ

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । लामो समयको लकडाउनले रोजीरोजीमा असर परेपछि यातायात व्यवसायी र मजदुर सडकमा उत्रिएका छन् ।
ट्याक्सी व्यवसायी तथा मजदुरले व्यवसाय संचालन गर्न पाउनु पर्ने माग गर्दै मंगलबार बिहान यातायात व्यवस्था विभाग घेराउ गरेका छन् ।मुलुकमा करिब ६ हजार ट्याक्सी छन् ।
कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा चैत ११ गते देखि लकडाउन भइरहेको छ ।
लकडाउन शुरु भएसँगै ट्याक्सी तथा सार्वजनिक यातायात ३ महिनादेखि बन्द छन् ।व्यवसायीले ट्याक्सी आपत्कालीन सेवामा समेत संचालन हुने उल्लेख गर्दै चलाउन पाउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *