भारत सरकारद्वारा टिकटकसहित ५० भन्दा बढी चिनियाँ ‘एप’माथि प्रतिबन्ध

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १६ असार । भारत सरकारले टिकटकसहित ५० भन्दा बढी चिनियाँ माेबाइल एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारत-चीनको सीमा गलवान उपत्यकामा दुई मुलुकका सेनाहरुबीचकाे झ’डपमा आफ्ना २० सेना गुमाएको भारतले एक महिना नबित्दै यस्तो निर्णय गरेको हो।

भारतको विद्युतिय र संचारप्रविधि मन्त्रालयले सोमबार एक बिज्ञप्ति निकाल्दै भारतको राष्ट्रिय सुरक्षालाई ध्यानमा दिँदै चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनुपरेको जनाएको छ ।

बिज्ञप्तिमा भनिएको छ – ‘चिनियाँ एपहरूले प्रयोगकर्ताहरूको तथ्यांक अनधिकृतरूपमा भारतबाहिरका सर्भरहरूमा गोप्यरूपले हस्तानतरण हुँदै आएको पाइएको छ । ती तथ्यांकहरूको संकलन एवं उपयोग भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको र यसले भारतको सार्वभौमिकता र अखण्डताका लागि चिन्ताको विषय भएका कारण यसको समाधानका लागि आपतकालिन उपायहरू आवश्यक रहेको छ ।’

मुख्यत भारतमा टिकटक सहित वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप लोकप्रिय छन् । र यसको प्रयोगकर्ता पनि भारतमा अत्याधिक ठूलो संख्यामा रहेका छन् । अझ विश्वका कुल टिकटक प्रयोगकर्तामध्ये भारतमै झण्डै एक तिहाई प्रयोगकर्ता रहेको विज्ञहरुले बताएका छन् ।

उत्पादन र प्रविधिको बजार भारतप्रति नै देखेको चीन सरकाररले यसबारे कुनै प्रतिक्रिया दिएको छैन् । गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।

चिनियाँ पक्षका सुरक्षाकर्मीको पनि ज्यान गएको भारतको दावी रहेको छ । तर चीनले के कति आफ्ना सुरक्षाकर्मी मारिए भन्नेबारे पुष्टि गरेको छैन् । भारत हरेक क्षेत्रमा चीनभन्दा कमजोर रहेकाले गलवान झडपको बदला लिन यस्ता नीति लिएको हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *