एक्सरे गर्न गएकी युवतिलाई नाँगै बनाएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

0
52

एक्सरे गर्न अस्पताल गएकी एक महिला (विरामी) लाई एक स्वास्थ्यकर्मीले नाँगो बनाएको आरोपमा पक्राउ परेका छन् ।

दाँग जिल्लाको घोराही लुहारसुरस्थित गोरखा हस्पिटलमा एक्सरेको लागि गएकी महिलालाई नाँगो बनाएको थियो । सो अस्पतालमा रेडियो ग्राफिक्समा काम गर्ने आरोपित बबई गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी बर्ष २२ को नवराज डाँगी पक्राउ परेका हुन्।

आइतबार (हिजो) एक नव विवाहित युवति (महिला) लाई छातीको एक्सरे गर्न जाँदा आरोपित डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेको छ।

घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्कालाई उदृत गर्दै नारायण खडकाल सेतोपाटी अनलाइनमा समाचार प्रकाशित भएको छ ।

‘छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा डाँगीलाई पक्राउ गर्नु परेको हो ’ डिएसपी खड्काले भने ‘पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान भइरहेको छ। डिएसपी खड्काले डाँगीविरुद्ध कसुर बमोजिम मुद्दा चलाएर कानुनी कारवाही हुने जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here