काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं, १६ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनानु दिन थपिदो छ । हिजो सोमबार काठमाडौैं उपत्यकाका आठ जनामा संक्रमण देखिदा आज पुनः १४ जनामा संक्रमण फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दा मंगलबार एकै दिन काठमाडौं उपत्यकामा थप १२ जनामा कोरोना भाइरस संक्रमित देखिएका हुन् ।थपिएका संक्रमित मध्ये काठमाडौंका १२ जना छन भने ललितपुर र भक्तपुरका १–१ जना रहेका छन् ।

काठमाडौं जिल्लामा ७ पुरुष र ५ महिलामा संक्रमण देखिदा ललितपुरका १ पुरुष र १ महिलामा पनि संक्रमण फेला परेको छ । उनीहरुको ठाउँ ठेगाना भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *