रु’कुममा घ’ट्यो यस्तो दु:खद घ’टना, साउदीमा छोराको मृ’त्यु नेपालमा आमा र परिवारको बि’चल्ली हे’र्नुहोस्

0
19

रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका एक रुकुम पुर्वका युवाको मृत्यु भएको छ । बिदेशी भुमिमा गएर २/४ पैसा कमाएर बुढी आमा, श्रीमती र आफ्नो सन्तानलाई सुखी र खुशीका साथ राख्ने सपना बुनेर साउदी अरब गएका रुकुम पुर्वको ताकसेरा–७ उपल्लो सेराका(हाल पुथाउत्तर गाउँ पालिका वाड न.-११ उपल्लोसेरा) ३८ वर्षीय तेजलाल बुढा मगरको एक महिना अगाडी मृत्यु भएको आफन्तले जनाएका छन् ।

उहाँ रोजगारीको सिलसिलामा साउदी अरब गएका थिए। मृतक परिवारका बुढी आमा , श्रीमती र चार छोरा छन्। कोरोना भाइरस (Covid-19) को लक डाउनले गर्दा मृतकको शव अझैसम्म नेपाल आइपुगेको छैन। मृतकको शव नेपाल लेराउन पहल भइरहेको र केही दिनमा नेपाल आइपुग्ने जनाइएको छ।पैसा कमाउन विदेश गएको छोराको मृत्यु भएदेखि घरमा सधैँ रुवावासी चल्छ, शव ल्याउन नपाउँदा परिवार निकै तनावमा रहेको छन्। वैदेशिक रोजगारको कमाईले घरपरिवारले आर्थिक अवस्थामा सुधार आउने आशा गरेका परिवारले कमाउने छोराको मृत्युसँगै सबै सपना चकनाचुर भएको छ।

आमा, श्रीमती, चार छोरा मृतक कै कमाईमा निर्भर रहेका थिए। आफ्नो घरको आर्थिक समस्या कम गर्न पैसा कमाउन बिदेश पुग्ने सबै नेपालिहरु भाग्यमानी हुदैनन्। कतिले राम्रोसँग पैसा कमाएर फर्कन्छ्न भने कतिले बिदेशी भुमिमा आफ्नो ज्यान गुमाउनु पर्ने हुन्छ। यस्तै एक प्रतिनिधि पात्र हुन् तेजलाल बुढा मगर। वैदेशिक रोजगारीका लागी गएका तेजलाल बुढा मगरले कहिले नफर्किने गरि बिदा भए।

साउदीमा करिब एक महिना अगाडि निधन भएका रुकुम पुर्व घर भएका ३८ बर्षिय तेज लाल बुढा मगरको सब अझै सम्म नेपाल आइपुगेको छैन। वहाँको सव नेपाल लेराउने पहल भइरहेको जनाइेको छ। उहाको घरमा ५८ बर्षको बुढी आमा श्रीमती र ४ छोरा छन् ।

ठुलो छोरा पनि शरीरिक रुपमा अपाङ्ग छन् , दुवै खुट्टामा समस्या छ। भाग्य न्यौपानेको टिम सहयोग रकम लिएर त्यहाँ पुगेका छन् । यो दु:खद घडीमा उहाहरुको समस्यालाई बुझेर मृतकको परिवारलाई आर्थिक सहयोग गरेका छन्।मृतकको आत्माको चिर शान्तिको कामना गर्दै परिवार प्रती धैर्यधारणा गर्ने शक्ती मिलोस। निज मृतकको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले यस दु:खद घडीमा निजको मृत्‍यु पश्चात घर, परिवार, बालबच्चाहरुलाई केही राहत होस भन्ने उदेश्यले हाल अमेरिका (USA)मा रहेका उपल्लो सेराका चार जना अग्रजहरु चन्द्र बुढा मगर, जयदेव बुढा मगर, गौचन बुढा मगर र ईश्वर बुढा मगरको नेतृत्व तथा सम्पुर्ण युवाहरुको सक्रियतामा अमेरिकि डलर $ 10410 र नेपाली रुपैया १२४३६१५ (बार्ह लाख त्रिचालिस हजार छ सय पन्ध्र) रुपैयाँ सहयोग संकलन गरी सहयोग प्रदान गरियको छ। साथै अन्य विभिन्न तहबाट सहयोग गर्ने सहयोगी मनहरुमा आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै हार्दिक धन्यवाद दिन चाहन्छौ।

सहयोग गर्ने ब्यक्तिहरुको नामवाली यस प्रकार छ:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here