कोरोनाविरुद्ध लड्न एडिबीले नेपाललाई दियो ३६ करोड अनुदान

0
11

एसियाली विकास बैंक (एडीबी) ले कोभिड-१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

एडीबीले एसिया-प्रशान्त विपत् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउने स्वीकृति गएराति गरेको यहाँस्थित उक्त बैंक जनाएको छ ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्‍वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।

यसअघि पनि एडीबीले तीन करोड ६० लाख रुपैयाँ स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपतलीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो । -रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here