यी हुन् आफ्नो जन्मदिनमा असहायलाई घर बनाईदिने युवा – सम्मानको लागी एक शेयर गर्नुहोस !

  •  
  •  
  •  
  •  
  •  
  •  

आफ्नो जन्मदिनको अवशरमा जिल्लाको एक २० वर्षिय युवकले स्थानिय एक घर विहिन परिवारलाई घर बनाईदिएका छन् । जिल्लाको चम्पादेवी गाउँ पालिका ५ फेदि गुठका युवा मनोज बुढाथोकीले स्थानिय गोमा नेपालीको परिवारलाई बस्ने घर बनाईदिएका हुन् । आर्थीक अवस्था अत्यन्तै कमजोर भएको र श्रीमानले पनि हेरचाह नगरेका कारण २ छोरा सहित वाँस र पालको कटेरोमा क’ष्टकर जिवन विताउँदै आएकी गोमालाई बुढाथोकीले जस्ताको छाना सहितको १ तले घर बनाई दिएका हुन् । यसअघि श्रीमानले वेवास्था गरेपछि माईत आएर बस्दै गरेकी नेपालीलाई बाँसको कटेरो पनि बुढाथोकी र स्थानियले बनाईदिएका थिए । अहिले निज नेपालीकै दाईको जग्गामा बुढाथोकीले करिब २५ हजार व्यक्तिगत खर्चमा जस्ताको छाना सहितको घर बनाई दिएका छन् । घर निर्माणका लागि स्थानिय डकर्मीहरुले बुढाथोकीकै पहलमा निशुल्क काम गरेका थिए भने अन्य स्थानियले पनि काठपात लगायतका सहयोग गरेका छन् ।

केहि दिन अघि निर्माण सम्पन्न भएको उक्त घर आज -शनिबार_ आफु १९ वर्ष पुरा गरी २० वर्षमा प्रवेश गरेको अवशरमा उनले गोमालाई ह’स्तान्तरण गरेका छन् । घर हस्तान्तरण गर्दै बुढाथोकीले जन्मदिनको नाममा फजुल खर्च गर्नुभन्दा गाउँमा क’ष्टकर जिवन विताई रहेकी चेलीको केहि हदसम्म भएपनि सहयोग गर्ने उदेश्यले घर बनाईदिएको बताए । सानैदेखी सामाजिक काममा आफ्नो रुची रहेकाले एउटी अ’सहाय गाउँले चेलीको सहयोग गर्न पाउँदा आफुलाई निकै आत्मसन्तुष्टी मिलेको उनको भनाई छ ।

एउटा सामाजिक काम भएकाले यसमा परिवारले समेत आफुलाई भरपुर साथ दिएको बुढाथोकीले बताए । नयाँ घर पाए पछि गोमाको परिवार पनि खुसी भएका छन् । एउटा १९-२० वर्षको युवाले आफ्नो साथीभाईसंग मिलेर रमाईलो गर्दै जन्मोत्सव मनाउन पर्ने बेलामा आफुहरुलाई यस्तो ठुलो सहयोग गर्नु निकै प्रसंसनिय र उदाहरणीय भएको गोमाले बताईन । पालमा वस्दा २ छोरा र आप्mनो कैयौँ रात चिसो, पानी र हावाहुरीका कारण अनिदोमा वितेको भन्दै आफुहरुलाई घर बनाईदिने युवा भगवान बनेर आएको गोमा को भनाई छ ।

त्यसैगारी पूर्वयुवराज्ञी हिमानी शाहको जन्म १ अक्टोबर, १९७६मा भारतको राजस्थान सिकरमा भएको हो । हिमानी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहको कोखबाट जन्नम लिएकी हुन् । हिमानीको सन् २००० मा पूर्वयुवराज पारससँग बिहे भएको थियो । उनले छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाहलाई जन्न दिएकी हुन् ।

उनले प्राकृतिक विपत्तिमा परेकालाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेक छिन् । ट्रष्टकी अध्यक्ष समेत रहेकी उनि ४४ वर्ष लाग्दा पनि उतिकै सुन्दर देखिएक छिन् । त्यस्तै पछिल्लो समय मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहले आफू राजा हुने आशक्तिको मानिस नभएको बताएका छन् । खबरहबसँगको संक्षिप्त कुराकानीमा पूर्व युवराज पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताए ।

रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे पारसले प्रश्न गरे, ‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसको प्रतिक्रिया थियो । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

पारसले आफूमा सत्ताको लालसा नभएको दाबी गरेका छन् । आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने आशक्ति नभएको भन्दै पारसले भने, ‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’ पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताएका छन् ।

‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’ पासरले अहिले आफू अध्ययनमा केन्द्रित रहेको बताएका छन् । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ । ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु’ पारसले भने,‘म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *