प्रधानमन्त्री ओली अस्पतालमा

  •  
  •  
  •  
  •  
  •  
  •  

१७ असार, काठमाडौं ।
स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुग्नुभएको छ । उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्। मुटुमा केही समस्या भएपछि गंगालाल नियमित चेकजाँच गर्न अस्पताल जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कुनै समस्या भएर उहाँ अस्पताल जानु भएको होइनु, यो नियमित चेकजाँच हो। भर्ना गर्ने गरी त्यस्तो कुनै समस्या भएको होइन,उहाँले भन्नुभयो ।
यो पनि पद्नुहोस
काठमाडाैं । शुक्रबार काठमाडौं उपत्यकामा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा १२ जना कोरोना संक्रमित थपिएकाे बताए ।

संक्रमितहरु काठमाडाैंकाे ५ जना पुरुष र ५ महिला, ललितपुरकाे २ पुरुष र ३ महिला र भक्तपुरकाे १ पुरुष र महिला रहेकाे गाैतमले बताएआज एकैचोटी १४ सय भन्दा बढी संक्रमित निको भए, ५२२ नयाँ थपिए

बुधबार नेपालमा थप ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले वितेको २४ घन्टामा देशभर रहेका २२ वटा प्रयोगशालामा ४ हजार ८ सय ८६ जनाको नमूना परीक्षण गर्दा ५ सय २२ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे । योसँगै नेपालमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १४ हजार ८३ पुगेको छ ।

त्यस्तै विगत २४ घन्टा १ हजार ४ सय ४१ जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा गौतमले १ हजार निको भएका व्यक्तिहरुको विवरण आउन बाँकी रहेको अर्थात महिला र पुरुष छुटिन बाँकी रहेको स्पष्ट पारे ।

अहिलेसम्ममा एकैदिन निको हुनेको यो संख्या सर्वाधिक हो ।नेपालमा अहिलेसम्म २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको छ ।

सरकारले दैनिक १० हजारको दरमा कोरोना परिक्षण गर्ने बताएता पनि हिजो मंगलबार देखि दैनिक ५ हजार भन्दा कम परीक्षण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *