चिर्पटले हानेर श्रीमानकाे ज्यान लिने २० बर्षिया श्रीमति!

  •  
  •  
  •  
  •  
  •  
  •  

रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को ह’त्या गरेकी छन्। श्रीमतीले चिर्पटले हा’न्दा श्रीमान्को ज्या’न गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हा’न्दा ज्या’न गएको हो। पारिवारिक वि’वादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्लाई दाउराले टाउकामा हा’न्दा ज्या’न गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए। उनका अनुसार आज बिहान मात्र घ’टनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ। मृ’तक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ। धेरै रगत बगेकै कारण मृ’त्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार घ’टनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घ’टनास्थलमा पुगिसकेको र रेश्मालाई नि’यन्त्रणमा लिएको हो। श’व परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *