मोटरसाईकल दु’र्घटनामा परि आमा-छोराको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुर । धनुषाको जनकपुर–ढल्केवर सडक खण्डमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ स्थित हरैयामा मोटरसाइकल दुर्घटनामा परि आमा र छोराको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार आमा र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित देवपुरा रुपैठा बस्ने ४८ वर्षीय धर्मादेवी शर्मा र उनकी २८ वर्षीय नविन शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले मोटरसाइकलमा सवार रहेका चालक नविन आफै अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुशन्धानबाट खुलेको जानकारी दिए ।

उनले दुवैजनाको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि ल्याइएको जानकारी दिए । लकडाउनको समयमा दुर्घटनाको क्रम रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *