आजको आवश्यकता धेरै परीक्षण हो, प्रयोगशाला होइन : डा‍‌.रुना झा

0
46

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा.रुना झाले वर्तमान परिस्थितिमा धेरै काेराेना परीक्षणकाे आवश्यकता रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा धेरै स्थानिय निकाय, पालिकाबाट प्रयोगशाला निर्माणको माग आइरहेको सन्दर्भमा उहाँले आजको आवश्यकता धेरै प्रयोगशाला नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “परीक्षणको दायरलाई बढाउन प्रयोगशाला निर्माण गर्नु एक उपाय हो तर आफैसँग भएको स्रोत र साधनको उपयोग गर्नु हामीसँग अर्काे उपाय पनि छ । अहिले परीक्षणका लागि प्रयोगशाला चाहिएपनि पछि परीक्षण गर्नपर्ने संख्या घट्दै जादा त्यो प्रयोगशालालाई भविष्यमा के गर्ने भन्ने तर्फ सोच्न जरुरी छ । प्रयोगहशालाका लागि हामीसँग दक्ष जनशक्ति पनि छैन,एउटा प्रयोगशाला निर्माण गर्न ५०—६० लाख चाहिन्छ यो अवस्थामा पुरानै संरचनामा कम लगानी गर्नु फाइदाजनक हो ।”

झाले असार ८ गते निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षण गर्नदिने सम्बन्धि निर्देशिका जारी भइसकेको र मापदण्ड अनुसार परीक्षणको अनुमति दिइएको बताउनुभयो । क्वारेन्टिनमा अत्याधिक चाप हुँदा त्यहाँ रहेका व्यक्तिहरुको संकलित स्वाबको पीसीआर परीक्षण गर्न सरकारसँग भएका प्रयोगशालाले धान्न नसक्ने स्थितिमा यो निर्णय गरेको उहाँको भनाइ छ ।
यसरी निजी अस्पतालहरुमा पीसीआर परीक्षण हुँदा संरचनाहरु थपिएको र भविष्यमा ती अस्पतालहरुमा सोही प्रयोगशालाबाट अन्य रोगको निदान गर्न मद्धत पुग्छ यो सकारात्मक कुरा हो उहाँले भन्नुभयो, हामी ७ वटा अटोमेशिन ल्याउने प्रक्रयामा छौ ।अहिले देशरभर २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here