सार्क’राष्ट्र अन्तरर्गत भारतमा सबैभन्दा बढी कोरोना संक्रमित, नेपाललाई थप खतरा

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गतका आठै मुलुक मध्य भारतमा सबै भन्दा बढी कोरोना भाइरसका संक्रमित बढेपछि नेपालमा खतरा पनि बढेको छ । भारतसंग खुला सिमाना भएका कारण नेपालमा अब थप खतरा बढेको हो ।

सबै भन्दा कम श्रीलंका र बंगलादेशमा छन् । आइतवार ति मुलुकमा पनि संक्रमित देखिएका हुन् । तर अहिले सम्म सार्क राष्ट्रमा कोरोनाका कारण कसैको ज्या’न गएको खबर भने छैन । चिनियाँ नागरिकको बाक्लो उपस्थिति हुने यी सार्क क्षेत्रका यी मुलुकमध्ये भारतमा सोमबारसम्म कोरोनाका ४३ जना बिरामी भेटिएका हुन् ।

यो सार्कका ९ मुलुक मध्ये सबैभन्दा बढी संख्या हो । बंगलादेशमा तीजना कोरोनाका बिरामी भेटिएका छन्। कोरोना संक्रमितमध्ये २ जना भर्खरै इटालीबाट फर्किएको त्यहाँका स्वास्थ्यअधिकारीले जनाएका छन्। श्रीलंकमा पनि कोरोना भाइरसबाट संक्रमित एकजना बिरामी भेटिएको जनाइएको छ ।

विश्‍व स्वास्थ्य संगठनमा अनुसार दक्षिण एसियाली मुलुकमध्ये भारतमा सोमबारसम्म ४३ जना कोरोना भाइरसका बिरामी भेटिएको जनाएको छ । संक्रमित मध्य चार जना निको भएर घर फर्केका छन् । सोमबार थप चारजना कोरोनाका बिरामी भेटिएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

भारतमा एक जना बालकमा पनि कोरोना भाइरस देखिएको छ । अहिले सम्म विश्वमा कुनै पनि मुलुकमा बच्चामा कोरोनाको संक्रमण देखिएको थिएन । भारतको केरलमा एकजना तीन वर्षीय शिशुमा पनि कोरोना पुष्टि भएको छ । समाचार अनुसार इरान, इटाली र चीनबाट फर्किएकाहरुमा कोरोना संक्रमण भेटिएको हो।

यसै गरि काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) को जोखिम कम गर्न थप सतर्कता अपनाइएको सरकारले बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर कोरोनाको जोखिम बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर औषधि (स्प्रे) छर्न थालिएको जनाएको छ ।

यस्तै छिमेकी देशसँगका ३७ वटा नाकामा प्रदेश सरकार र पालिकाको सहकार्यमा हेल्थ डेक्स राखेर नेपाल भित्रने यात्रुको जाँच भइरहेको मन्त्रालयले जनाएको छ । औषधिको अभाव हुन नदिन अनुगमनलाई तीव्र बनाइएकाे र देशभित्रको उत्पादन क्षमतालाई पनि बढाउन पहल भइरहेको सूचनामा उल्लेख छ ।

अहिलेसम्म चार सय ४१ जनाको नमुना परीक्षण गर्दा एक जना बाहेक कसैमा पनि कोरोना नपाइएको मन्त्रालयले जनाएको छ । कोरोना भएका ती व्यक्ति पनि उपचारपछि पूरै निको भएर काममा फर्किएकाे मन्त्रालयको दाबी छ ।

भिडभाडमा नजाने, अत्यावश्यक काम नपरि घरबाहिर ननिस्कने, घर फर्किएपछि कम्तीमा २० सेकेण्ड साबुन पानीले मिचीमिची हात धुने, बिरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउने, खोक्दा र हाच्छँयु गर्दा नाक र मुख छोप्न तथा ज्वरो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिए स्वास्थ्य संस्थामा गइहाल्नुपर्ने डाक्टरहरुको सुझाव छ ।

कोरोना भाइरसका बिरामी अहिलेसम्म एक सय १५ देशमा भेटिएका छन् । अहिलेसम्म एक लाख १४ हजार चार सय २२ जनामा कोरोना सङ्क्रमण भएकोमध्ये ६४ हजार ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४६ हजार तीन सय १४ जना उपचाररत छन् ।

गएको २४ घण्टामा चीनमा मात्रै एक हजार दुई सय ९७ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वका विभिन्न देशमा चार हजार २७ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *