म बाहेक कसैले भारतबि’रुद्ध बोल्न सक्दैन, गुमेको भूमी फिर्ता गरेर मात्र राजीनामा दिन्छु : ओली

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको प्रयास जति भए पनि हिजोको जस्तै आजको भोलि परिवर्तन हुनै नसक्ने बताएका छन्। मदन जन्मजयन्तीका अवसरमा आइतवार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन्। प्रधानमन्त्री ओलीले अन्य नेताहरुलाई बन्‍न हतार नगर्न पनि आग्रह गरेका छन्। पार्टी भित्रै चर्को आ’लोच’ना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो।प्रधानमन्त्रीको जिम्मेवारीमा बस्‍न मन नभएपछि अहिले नेपालको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति नभएकाले आफ्नो आवश्यकता रहेको आशय उनले व्यक्त गरे। प्रधानमन्त्रीको जिम्मेवारीमा बस्‍न मन छैन। तर यति बेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैलाई आउने छैन’, उनले भने, किनभने भोलीपल्ट ब’र्खास्त हुन्छ। त्यसैले आजका लागि होइन, भोलिका लागि। आफ्ना लागि देशका लागि। र हाम्रो पार्टी हाम्रो संसदीय दल यस्ता बहकाउमा लाग्‍नेवाला पनि छैन। नबुझ्ने अञ्जन खेलमा सामेल हुने पनि छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र ५८ वर्षदेखि खोसिएकाले फिर्ता ल्याउने बताएका छन् । ६९ औं मदन भण्डारी जन्मजयन्तीका सन्दर्भमा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले आफ्नो जमिन खोसिएको छ, फिर्ता ल्याउनुपर्छ भनेर नेपालले कुनै ग’ल्ती नगरेको बताए ।

तपाईंले सुन्नुभएको होला हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुन्छ, गरिन्छ । भारतीय मिडियाको बहस, त्यहाँका बुद्धिजीवीहरूको कुराकानी सुन्नुभएको होला । कसरी भारतको राज्य संयन्त्र, अचम्मसँग सक्रिय छ । ल’डाइँमा हामीले हार्‍यौं । हाम्रो सीमा अलि खुम्चियो । हामीले १८२६ को मार्चमा अन्तिम सम्झौतामा दस्तखत गर्‍यौं, त्यसको सीमामा हामी खुम्चिएर बस्यौं, उनले भने ।

नेपालका नेताहरू पनि बहसमा लागेको भन्दै आश्चर्यचकित भए । तपाईंहरूले सुन्नुभएको छ, कतिपय पार्टीका नेताहरू उता (लिम्पियाधुरा क्षेत्र, कुटी, नाभी, गुञ्जी) जनसंख्यासँग हाम्रो पहुँच कटेको छ । १९६२ देखि सेना राखेर उता जानै दिएको छैन । त्यहाँका जनतासँग सम्पर्कै दिएको छैन । उताका जनताका लागि केही गर्नै दिएको छैन । नागरिकता कसको छ ? रासनकार्ड कसको छ भन्ने प्रश्न नेपालको नागरिकताधारीहरूले उठाइरहेका छन्,उनले भने ।

खल्तीमा नागरिकता नेपाली, तर्क अरूको पक्षबाट गरिरहेको छ भन्दै ‌ओली आश्चर्य पनि व्यक्त गरे । १९६२ बाट सेना राखेपछि कसरी उताका नागरिकसँग हाम्रो पहुँच स्थापित हुन्छ ? उनले प्रश्न गरे ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *