ओली सरकारको कमाल, हेर्नुहोस यस्तो बन्यो पोखरा रंगशाला

पोखरा असार मसान्तसम्म सक्ने गरी काम गर्नुपर्छ । शिलान्यास हुदाँसम्म केही समय ढिलो हुन पुग्यो । त्यो समयलाई पनि मेकअप गर्ने गरी काम गर्नोस ।’ मन्त्री बिकले केही महिना अघिमात्रै पठाइएको १ करोड ३५ लाख बजेट अनुसार खेलकुदका पुर्वाधार निर्माणको कामको बारेमा समेत जानकारी लिएका थिए। जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बजेटमा उल्लेख भए अनुसार ठाँउहरुको स्थलगत अध्ययन गरी उपभोक्ता समिति मार्फत सम्झौता टुग्याई काम अघि बढाईएको जानकारी गराए ।

ठेकेदार कम्पनीका प्रोजेक्ट मेनेजर हरिबावु न्यौपानले तोकिएकै समयमा काम पुरा गर्न दिन रात(डे–नाईट) सिफ्टमा काम गरेर टुग्याउने बताए । ‘ढिलो भएको समयलाई रिकभरी गर्नुपर्छ भन्ने हेतुले नै डे नाईट सिफ्ट अनुसार काम गर्दै छौं ।’ उनको भनाई थियो ।

उनले पहिलो चरणमा फुटबल मैदान सम्याएपछि चारैतिरको लेआउट गर्ने बताए । न्यौपानले पोखरा रंगशालाकै गुरुयोजना नभएकोले पनि अहिले रंगशालाको गुरुयोजना बनाउन प्राविधिक खटाई नापचाजँ गरिएको सुनाए ।

फुटबल मैदान एवं प्यारापिट निर्माण गर्ने जिम्मेवारी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)सँग सम्झौता गरी जिम्मेवारी दिइएको हो । १८ हजार ५ सय सिट क्षमताको प्यारापिटसहितको फुटबल मैदान बन्ने छ । जुन नेपालकै ठूलो र आधुनिक रंगशाला हुने दावी कम्पनीले गरेको छ । एक अर्ब २८ करोड २२ लाखको लागत अनुमान गरिएपनि १ अर्ब ३० करोडमा निर्माण पुरा हुने विश्वास गरिएको छ ।

फुटबल मैदान फुटबलको सर्वोच्च संस्था फिफाको मापदण्ड अनुसार १०५ मिटर लम्बाई ६८ मिटरको चौडाई हुनुपर्ने छ । एथलेटिक्सको लागि सिन्थेटिक ट्रयाक हुनुपर्ने उल्लेख छ । ४०० मिटरको आठ लेनको सिन्थेटिक ट्रयाक हुनुपर्ने छ ।

स्टिल मोडुलर सिष्टमको स्टेडियम नेपालमै पहिलो भएको दावी कम्पनीले गरेको छ । सिन्थेटिक ट्रयाक जर्मन र स्टिल स्ट्रक्चर भने फ्रान्सबाट आउने छ । प्यारापिटसहितको फुटबल मैदान निर्माणले पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *