लामो कपाल भएको गाउँ, जहाँ कपाल हेर्ने पर्यटककाे भीड हुन्छ (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  

पाेखरा २५ साउन- पर्यटन प्रवर्द्धनका अनेक तरिका हुन्छन् जस्तै एउटा गाउँले महिलाहरुको लामो कपालका कारण पर्यटनको केन्द्र बनेको छ र त्यहाँ हरेक वर्ष झण्डै ८० हजार पर्यटक महिलाको लामो कपाल हेर्नकै लागि आउँछन् । आंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो ।

उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियामा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् ।

यी महिलाहरुलाई रेड याओ पनि भनिन्छ । महिलाहरु प्रायः रातो रङको कपडा लगाउँछन् । आफ्नो लामो कपाललाई लिएर महिलाहरु निकै गौरवान्वित हुन्छन् ।यो गाउँ दुनियाको सबैभन्दा लामो कपाल भएका महिला भएको गाउँ पनि हो र यसले गिनिज बुकमा आफ्नो नाम दर्ज गराइसकेको छ ।

सन् १९८७ सम्म त्यहाँका महिलाहरुले आफ्नो कपाललाई खुल्ला बाहिर देखाउँदैनथे । केवल महिलाले पति र आफ्ना छोराछोरीको अगाडि मात्र कपाल देखाउने चलन थियो । कपाल नुहाउँदा समेत निलो स्कार्फले छोपेर नुहाउने गर्थे । तर समय बदलिँदै गयो । कपाल छोप्ने परम्परा मात्र हटेन महिलाको त्यो कपाल गाउँको गौरव बनेको छ ।

हेर्नुहाेस् केही तस्विरः

Leave a Reply

Your email address will not be published. Required fields are marked *