आर्थिक सं”कटले छोडेन भने आज मंगलबार गणेशजीको पूजा गर्दा जप्नुहोस् यी ११ मन्त्र।

  •  
  •  
  •  
  •  
  •  
  •  

हिन्दू धर्म अनुसार भगवान श्री गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर र ठूलो भुँडी भएका भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ। मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन।

मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो । आज हामी तपाईहरुलाई भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु बताउन जाँदै छौँ जसबाट गणेशजी छिटो प्रसन्न हुने र उहाँको कृपाले जीवनमा सफलता मिल्ने गर्छ।

गणेशजीको पूजामा जप्नुपर्ने ११ मन्त्रहरु यी हुन् : १. श्री गणेशाय नम: २ – ॐ श्री गणेशाय नम: ३ – गं गणपतये नम: ४ – ॐ गं गणपतये नम: ५ – ॐ गं ॐ गणाधिपतये नम: ६ – ॐ सिद्धि विनायकाय नम: ७ – ॐ गजाननाय नम. ८ – ॐ एकदंताय नमो नम: ९ – ॐ लंबोदराय नम: १० – ॐ वक्रतुंडाय नमो नम: ११ – ॐ गणाध्यक्षाय नमः

धार्मिक र पर्यटकीय सम्भावना बोकेको कालिञ्चोक भगवती मन्दिरले संसारकै धनीमध्येको भारतको तिरूपति मन्दिरझै प्रसिद्ध बन्ने सम्भावना बोकेको छ । दोलखाको चरिकोट बजारबाट उत्तरपूर्व करिब १९ किलोमिटर सडक मार्ग पार गरेपछि कुरी बजार पुग्न सकिन्छ । भौगोलिक रुपमा कुरी बजारले तिरुपति वालाजीको झझल्को दिन्छ भन्छन् पुगेर फर्कनेहरु । कुरी बजारबाट एक–डेढ घन्टाको उकालो पैदलमार्ग पछि पुगिन्छ कालिञ्चोक भगवती ।

प्राकृतिक छटा र जंगल पर्यटनको सम्भावना खोल्ने हो भने प्रदेश ३ को प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ, कालिञ्चोक भगवती मन्दिरले । मन्दिर दर्शनका लागि सरदर दैनिक दुई सय भक्तजनहरू पुग्ने गरेको पुजारी शान्तप्रसाद बस्यौला बताउँछन् । कुरी बजारदेखि मन्दीर आउजाउका लागि बन्न लागेको केवुलकारले बजार विस्तारको सम्भावना बढाएको छ भने आन्तरिक पर्यटनको ढोका खुल्न सक्ने विश्वास स्थानियले गरेका छन् ।

सरकारले धेरै हिमालहरू आरोहणका लागि खुला गरे पनि भगवानहरूको शिर मानिने गौरीशंकर हिमाल आरोहणका लागि खुला गरेको छैन । समुद्र सतहबाट ३८४२ मिटर उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरको उत्तरतिर गौरीशंकर हिमाल आँखा अगाडि नै ठोकिन्छ । हिमालको एउटा टाकुरो भगवती पार्वती र अर्को टाकुरो भगवान शिवको स्वरूप भएकाले गौरीशंकर नामाकरण गरिएको हो ।

गुठी संस्थानबाट मूल पुजारीका रूपमा दुई वर्षदेखि काम गरिरहेका शान्तप्रसाद बस्यौला भन्छन्– यो ठाउँ धार्मिक हिसाबले जति महत्वपूर्ण छ, पर्यटकीय हिसाबले पनि उत्तिकै मनोरम छ । मन्दिरको संरक्षण र व्यवस्थापन अत्यावश्यक छ । १०८ वर्षदेखिका घण्ट सुरक्षित नै छन् भने त्यसअघिको शिलालेख कतै भटिएको छैन । तर देवीको पूजाआजाका लागि मान्छेहरू हजारांै वर्षदेखि आइरहने गरेको किंवदन्ती छ, कुरी बजारमा भेटिएका निमा शेर्पाले भने ।

कालिञ्चोक भगवतीको बारेमा एउटा किंवदन्ती छ । हिमालको चुचुराको रूपधारण गरेर बसेका गौरी र शंकरको तपस्यामा रहेकी कालीदेवीमाथि शैलेश्वरबाट घुम्दै आएका राक्षसहरूले गिद्देनजर लगाए छन् । मन्दिरको दक्षिणतिरका सयवटा पहाडलाई शैलेश्वर भनिन्छ, जहाँ राक्षसहरूको बस्ती रहेछ । त्यहाँबाट घुम्दै आएका राक्षसहरूले रूपवती कालीदेवीलाई देखेपछि हामी बलवान पनि छौं, धनवान पनि छौं, हाम्रा राजा समन्वय सम्बरसँग विवाह गरेर आनन्दले बस भने छन् ।

हुन्छ, तर उनीसँग विवाह गर्न मेरो एउटा सर्त छ, त्यो के हो भने जसले युद्धमा मलाई जित्न सक्छ, उसैसँग मेरो विवाह हुन्छ । यो कुरा राक्षसहरूले राजा सम्बरलाई सुनाएपछि उनले तुरुन्तै आदेश दिए– ल जाओ, त्यो केटीलाई लिएर आओ । युद्धमा धेरै राक्षस मारिए, काटिए, उनीहरूको रगतले अहिलेको कुरी बजार भरिएको थियो रे मूल पुजारी बस्यौलाले भने ।

युद्धबाट थाकेकी कालीदेवीका लागि प्यास लाग्दा पानी खान महादेवले ३८४२ मिटर उचाइमा रहेको डाँडामा तत्कालै पानीको व्यवस्था गरिदिए । पानीले भरिएको सात फिट गहिरो कुण्ड अहिले पनि छ । राक्षसहरूका राजा सम्बरको यो आदेशपछि लडाइँमा गएका राक्षसी सेनाले कालीदेवीमाथि आक्रमण सुरु गरे ।

कुण्डको उत्तरपूर्वबाट उत्पन्न भएको नदीलाई तामाकोसी भनिन्छ भने पश्चिमतिरको नदीलाई सुनकोसी । कालीदेवीको प्यास मेट्न भगवान महादेवले उनका लागि पानी खान बनाइएको कुण्डमा हजारांै भक्तहरूले दैनिक सयौं लिटर जल झिक्ने गर्छन् । राक्षसहरूको रक्तवीज परेको क्षेत्रमा कुनै बीउबिजन उम्रँदैन भन्ने किंवदन्ती अहिले पनि चलनमा छ ।

यसरी वर्षौं लडाइँ लडेर जितेपछि कालीदेवीले पुनः लडाइँ लड्न नपरोस्, मैले तपस्या गरेको ठाउँमा दुष्ट आत्माहरु आउन नसकुन भनेर कुण्डको पश्चिम भागमा पहाड काटेर निकै गहिरो गल्छी बनाई आउजाउ गर्न नसक्ने तुल्याएकी थिइन्, जहाँ अहिले फलामको भ¥याङ बनाएर आउजाउको व्यवस्था मिलाइएको छ । तर जति जल झिके पनि नसकिनु आश्चर्य लाग्दो यहाँको विशेषता हो मूल पुजारी शान्तप्रसाद बस्यौलाले भने ।

युद्ध सकिएको एक डेढ महिनापछि त्यो रक्तविजमा ठूल्ठूला किरा देखिन थालेछ, वरपरबाट आएकाहरूले देखेपछि कुरी, कुरी भन्दाभन्दै यसको नामै कुरी बजार रहन गएको हो, स्थानीय होटल व्यवसायी भोजबहादुर तामाङले भने । कुरी बजारमा अहिलेसम्म लसुन, प्याज, गेडागुडी उम्रेको देखिएको छैन । हजारांैले हात मुख धुन्छन् तर केही उम्रदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *