मुकेश अम्बानीलाई पछि पार्दै अलिबाबाका ज्याकमा बने एसियाका सबभन्दा धनी, सम्पति कति ?

  •  
  •  
  •  
  •  
  •  
  •  

भारतका शीर्ष उद्योगपति मुकेश अम्बानी अब एसियाका सबभन्दा धनी मानिस रहेनन् । विश्वमा तेलको मूल्यमा गि’रावट आएपछि अम्बानीलाई चीनका ज्याक माले पछारेका छन् । ५५ वर्षीय ज्या’क प्रख्यात कम्पनी अलिबाबाका संस्थापक हुन्। अलिबाबा चीनको सबैभन्दा ठूलो डिजिटल बजारस्थल मानिन्छ जसमार्फत नै चीनमा ८० प्रतिशत अनलाइन कारोबार हुने गर्दछ । ज्याक मा वास्तवमै ‘सेल्फ–मेड’ अर्बपति हुन् । किनकी उनी शून्यबाट सुरु गरि आफ्नै लगनले आजको स्थानसम्म पुगेका हुन् । उनी सबैभन्दा पहिले एक शिक्षक थिए र महिनामा १२ डलर कमाउने गर्दथे ।

अमेरिकाको हाभर्ड युनिभर्सिटीले उनलाई १० पटक अस्वीकार गरेको थियो भने ३० भन्दा धेरै कम्पनीले उनलाई लिन मानेका थिएनन् जसमध्ये एउटा केएफसी पनि हो । तर इन्टरनेटको आगमन उनका लागि ठूलो अवसर साबित भयो । टेक्नोलोजी र व्यवसायको कुनै पृष्ठभूमी नभएपनि त्यतिबेला उनल १७ जना साथीहरुको मद्दतमा १९९९ मा अलिबाबाको स्थापना गरेका हुन् । कोरोनाभाइरस फैलिएसँगै संसारमा आर्थिक मन्दीको डर बढेर गएको छ । त्यसैक्रममा सोमवार अम्बानीको ५.८ अर्ब डलर गु’मेको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, त्यति धेरै पैसा गु’मेपछि अम्बानी दोस्रो स्थानमा झरेका हुन् ।अलीबाबा ग्रूप होल्डिङ लिमिटेडका संस्थापक ज्याक माले सन् २०१८ को मध्यतिर सर्वाधिक धनी एसियनको उपाधि गु’माएकोमा अहिले ४४.५ अर्ब डलर सम्पत्तिका साथ उनी पहिलो स्थानमा उक्लेका छन् । उनीसँग अम्बानीभन्दा २.६ अर्ब डलर बढी सम्पत्ति छ । कोरोना भा’इरसले अलीबाबाको व्यापारलाई केही प्रभावित पारेको भए पनि उसको क्लाउड कम्प्युटिङ सर्भिस र मोबाइल यापको माग बढिरहेकाले कम क्षति भएको छ । तर अम्बानीको रिलायन्स इन्डस्ट्रीजलाई यो सुविधा उपलब्ध छैन । रिलायन्सको शेयर सोमवार १२ प्रतिशतले घ’टेको छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *