सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले बनायो विश्व रेकर्ड

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । सोमबार रिलिज भएको बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ट्रेलरले विश्व रेकर्ड बनाएको छ। ट्रेलरलाई लाखौँले मन पराएका छन् । यो ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारकै पहिलो भिडियो बनेको छ।

ट्रेलर रिलिन हुनु अघिनै भिडियोले ५५ हजार लाइक्स पाइसकेको थियो। फिल्म ‘दिल बेचारा’ बाट कास्टिङ डायरेक्टर मुकेशश छाबडाले निर्देशकको रुपमा आफ्नो डेब्यू गरिरहेका छन्।

उक्त फिल्ममा सुशान्तसँगै संजना सांघी, सैफ अली खान र स्वस्तिका मुखर्जीको पनि महत्वपूर्ण भूमिका छ। झु, न्डिएर देहत्गयाग गरेका अभिनेता राजपुत अभिनित फिल्मको ट्रेलर निकै इमोशनल छ । ट्रेलरमा समावेश सुशान्तका केही संवादले दर्शकलाई भावुक बनाउँछ।

लोकप्रिय बलिउड अभिनेता सुशान्तसिंह राजपूत अभिनित चलचित्र ‘दिल बेचारा’को ट्रेलर सार्वजनिक भएको १६ घण्टामा नै दोस्रो ट्रेन्डिङमा पुग्न सफल भएको छ । अभिनेता सिंहले देहत्याग गरेपश्चात् उनको यो अन्तिम फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएसँगै ब्यापक चर्चा पाएपछि ट्रेलर रिलिज भएको छोटो समयमा नै २ करोडभन्दा बढी दर्शकले हेरिसकेका छन्।

जुलाई २४ मा ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुने यो चलचित्र सुशान्तको अन्तिम फिल्म हो । नायिमा सन्जना सांघी र सुशान्तसिंह राजपूतको मुख्य भुमिका रहेको छ । मुकेश छाबडाको निर्देशन रहेको यस चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने निर्देशन मुकेश छाबडा जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *