काठमाडौँ। विश्वमा म’हा’मा’रीको रुपमा फैलिरहेको कोरोना भाइ’रसका कारण नेपालीहरुको पनि जनजीवन प्र’भावित बनेको छ । कोरोनाको मा’हा’मा’री नेपालमा पनि फैलि हालेमा के कसो गर्ने भन्ने बारेमा पुर्व तयारी केही भएको छैन । उल्टो का’लो ब’जारी मौलाएको अवस्था छ । यस बारे सरकार भने मुकदर्शक बनेर बसिरहेको छ । बजारमा सामान्य भन्दा सामान्य बस्तु मास्कको अभाव भएका बेला सरकारले मास्क समेत आफ्ना नागरिकलाई उपलब्ध गराउन सकेको छैन ।
का’लाब’जारीयाहरुले पाँच रुपैंयामा पाउने मास्क २० रुपैंयामा, १० रुपैंयामा पाउने मास्क ४० रुपैंयामा र २० रुपैंयामा पाउने मास्कलाई ७० रुपैंयामा बेचिरहँदा पनि एकाधलाई बाहेक कार’वाहीको दायरामा ल्याउन सकेको छैन । यसै बिषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले सामाजिक संजाल ट्विटरमा आफ्ना कुराहरु राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कोरोनाको जो’खिम उच्च अवस्थामा रहेका बेला सरकारको ध्यान अन्यत्र मोडिन नहुने बताएका छन् ।उनले भनेका छन्, ‘दैनिक उपभोग्य वस्तु तथा सेवाको सहजताका लागि सरकारका संयन्त्र चनाखो भएको देखिएन।’ समस्याका समयमा भएको सानो असा’वधानीले पनि ठूलो मूल्य चुकाउनु पर्ने स्थिती आउन नदिन बेलैमा सचेत हुनु जरुरी रहेको उनको बुझाइ छ ।
पुर्वराजा शाहको ट्विट जस्ताको त्यस्तै तल पढ्नुहोस्ः
त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।
प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।
यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।