प्रधानमन्त्री सामा”न्य अवस्थामा आउन ६ महिनादेखि एक वर्षसम्म लाग्छ’

0
8

दोस्रोपटक मिर्गौला प्रत्या”रोपण गरेका प्रधानमन्त्री केपी ओलीलाई सामान्य व्यक्तिसरहको अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा.दिव्या सिंह शाहले प्रधानमन्त्रीलाई सामान्य मानिसले जस्तै जिउन ६ महिनादेखि एक वर्षसम्म लाग्ने बताएकी हुन् ।

उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. सिंहले भनिन्, ‘उमेर र दोस्रो प्रत्यारो”पणले उहाँ (प्रधानमन्त्री) लाई सामान्य जीवनमा फर्कन केही समय लाग्छ । ६ महिनादेखि एक वर्षमा प्रधानमन्त्रीले सामान्य जीवन बिताउन सक्नुहुन्छ ।’

प्रधानमन्त्रीको तत्काल डिस्चार्ज पनि नहुने भएको छ । डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भिडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमै राख्ने निर्णय भएको पनि डा.सिंहले बताइन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षा”कृत सुधार आइरहेको छ । यद्यपि, हामी कन्फर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज दिँदैनौँ,’ उनले भनिन् ।

परिवारका सदस्यले पनि घर लगेपछि राख्ने सुरक्षित स्थानको तयारी बाँकी रहेकाले तत्काल डिस्चार्ज नगरिदिन आग्रह गरेको चिकित्सकको भनाइ छ ।

‘घर लगेपछि सुरक्षित राख्ने स्थानको तयारी बाँकी छ । परिवारबाट विशेष अनुरोधसहित केही दिन अस्पतालमै राख्न भन्नुभएको छ । त्यही अनुरोधअनुसार पनि हामीले निर्णय लिएका हौँ,’ डा.सिंहले भनिन् ।

प्रधानमन्त्रीलाई अहिलेसम्म आइसियूमै राखिएको छ । डा। पवन चालिसेका अनुसार प्रधानमन्त्रीलाई बुबाले समेत भेट्न पाएका छैनन् । भेटघाट रोक्नकै लागि आइसियूमै राखिएको उनले बताए ।

‘आइसियूबाट सीधै घर पठाउँदा भेटघाट बढ्ने र संक्रम:णको खतरा हुने भएकाले पनि सावधानी अपनाउन परिवारका सदस्यले थप केही दिन अस्पतालमै राख्न खोज्नुभयो,’ डा.चालिसेले भने । संक्रमण रोक्न बालुवाटारमा प्रधानमन्त्री बस्ने कोठाहरूको व्यवस्थापन सकिएपछि डिस्चार्ज हुने चिकित्सकहरूले बताएका छन् ।

यसअघि बुधबार बिहानसम्म डिस्चार्ज गर्ने तयारीमा चिकित्सकहरू थिए । गत बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको थियो । मंगलबार सातौँ दिन उनको रक्त”चाप, सुगरलगायत स्वास्थ्य सामान्य रहेको चिकि”त्सकले बताएका छन् ।

मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई अस्पतालले डिस्चार्ज नदिए पनि परिवारका सदस्यलाई भेट्न भने दिएको छ । उनका श्रीमान् कमल ज्ञवालीका अनुसार समीक्षाको स्वास्थ्य सुधार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here